Home / News / अन्तर्राष्ट्रिय / बेलायती राजकुमार हृयारीको यस्तो छ नेपाल भ्रमण तालिका

बेलायती राजकुमार हृयारीको यस्तो छ नेपाल भ्रमण तालिका

VishwaNews_Prince-Harry-1(1)फागुन २७ । बेलायती राजकुमार हृयारी पूर्व निर्धारित भ्रमण तालिका भन्दा एक दिन अघि नै नेपाल आउने भएका छन् । उनी चैत ६ गते नेपाल आउने भएका हुन् । । उनी नेपाल भ्रमणका क्रममा ५ दिन रहने छन् । नेपालस्थित बेलायती दूताबासले चैत ६ देखि १० गते (मार्च १९) २३ तारिखसम्म हुने हृयारीको नेपाल भ्रमण कार्यक्रमबारे जानकारी गराएको छ ।
दूताबासका अनुसार बेलायती राजकुमार ६ गते काठमाडौं आइपुग्ने छन् । त्यही साँझ उनी उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता पनि गर्नेछन् ।
२० तारिखमा उनले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । त्यही दिन उनले भूकम्पले क्षति पुगेको पाटन दरबार स्वाक्वायरको अवलोकन गर्नेछन् ।
साथै नेपाल रेडक्रस सोसाइटीको आपतकालीन सहयोगबारे जानकारी लिन भक्तपुर जानेछन् । बेलायती राजकुमारले त्यहाँ भूकम्प प्रभावित परिवारको अस्थायी शिविरमा पनि जानेछन् ।
२१ तारिखमा बेलायती राजकुमार बर्दिया राष्ट्रिय निकुञ्ज र नजिकैको बाँके राष्ट्रियमा जाने कार्यक्रम छ । भ्रमणका क्रममा बेलायती राजकुमार हृयारीले खौराह नदीमा र्‍याफ्टिङ यात्रा गर्नेछन् ।
बेलायती राजकुमार पोखरा पनि जानेछन्, त्यहाँ उनले ट्रेकिङ पनि गर्नेछन् । पोखरामा उनले भूकम्प प्रभावित गोर्खा सैनिकका परिवारलाई भेट्ने कार्यक्रम रहेको बेलायती दूताबासले जनाएको छ ।
नेपाल भ्रमणको अन्तिम दिन बेलायती राजकुमार हृयारीले राष्ट्रपतिसँगै नेपाल गल्र्स समिटको शुभारम्भ गर्नेछन् । त्यही दिन उनी भक्तपुरको सानोथिमी जानेछन् र सानेथिमी टेक्निकल स्कुलको अवलोकन गर्नेछन् । साथै कान्ति बाल अस्पतालको भ्रमण गर्नेछन् ।
भ्रमणको अन्तिम कार्यक्रम भने उनको सम्मानमा बेलायती राजदूतले आयोजना गरेको रिसप्सन हुनेछ । त्यहाँ उनले सम्बोधन समेत गर्नेछन् ।

Check Also

अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीलाई पुनः ‘वर्क परमिट’ सुविधा

पुस १५ ।  अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले अमेरिकामा अध्ययनरत …