Home / News / समाचार / तुर्माखाँदमा जिप दुर्घटना, एकको मृत्यु, तीन घाइते

तुर्माखाँदमा जिप दुर्घटना, एकको मृत्यु, तीन घाइते

फागुन २७। अछाममा जिप दुर्घटना हुँदा एकजनाको मृत्यू भएको भएको छ भने ३ जना घाईते भएका छन् । जिल्लाको तुर्माखाँद गाविसमा अछाम सार्वजनिक यातायातको भे १ ज ६०९ नम्वरको जिप दुर्घटना हुँदा तुर्माखाँद गाविस वडानम्वर ६ निवासी १८ वर्षिया प्रेम वडको घट्नास्थलमै ज्यान गएको छ ।
तुर्माखाँद गाविसको जैसुरवाट मंगलसेन आईरहेको जिप सडकवाट करिव २०÷२५ मिटर तल खसेको जनाईएको छ । दुर्घटनामा परि घाईते हुनेहरुमा तुर्माखाँद गाविस वडानम्वर ३ का २८ वर्षिया झंकर बुढा, सोही गाविस वडानम्वर ६ वस्ने टेक बहादुर वड र वडानम्वर ५ निवासी रामे बिक रहेका छन् । उनिहरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

 

Check Also

gianni-infantino-fifa

फिफा अध्यक्ष जियानी इन्फन्टिनो भन्छन्– ‘अब विश्वकपमा ४८ देशको सहभागिता’

मंसिर २३ । ३२ देशको सहभागिता रहँदै आएको विश्वकप फुटवलमा अब भने ४८ देशको सहभागिता …