Home / News / समाचार / ३ सय ५३ मत गणना हुँदा खुमबहादुर, प्रकाशमान र शेखर अगाडि

३ सय ५३ मत गणना हुँदा खुमबहादुर, प्रकाशमान र शेखर अगाडि

फागुन २७ । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा खुला तर्फका केन्द्रीय सदस्यको मत गणना जारी छ । पछिल्लो मतगणना अनुशार खुमबहादुर खड्काले आफ्नो अग्रता कायम नै राखेका छन् । पछिल्लो जानकारी अनुसार बिहिबार साँझसम्म भएको मत गणनामा खड्काले २ सय १४ मत पाएका छन् । त्यसैगरी प्रकाशमान सिंहले २ सय १३ र शेखर कोइरालाले २ सय ५ मतसहित पहिलो, दोस्रो र तेस्रो स्थान कायम राखेका छन् । अहिलेसम्म ३ सय ५३ मत गनिएको छ । कांग्रेस विधानमा खुलातर्फबाट २५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।

Check Also

गणेशमान र बिपीको इतिहासले काँग्रेस अहिलेसम्म बाँचेको छः महामन्त्री कोइराला

साउन ७ । पैतिसौँ बिपी स्मृति दिवसको अवसरमा आज ललितपुरमा आयोजित बिपी कोइराला र लोककल्याणकारी …