Home / News / समाचार / काँग्रेसलाई सरकार ढालेर देखाउन किन दिए ओलीले चुनौति ?

काँग्रेसलाई सरकार ढालेर देखाउन किन दिए ओलीले चुनौति ?

फागुन २७ । नेपाली काँग्रेसको १३ महाधिवेशनबाट शेरबहादुर देउवा सभापती निर्वाचित भएसँग नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन हुने चर्चा चलिरहेका बेलाओलीले सरकार नढल्ने कढा जवाफ दिएका छन् । उनले सरकार परिर्वतनको हल्ला गर्नेहरुलाई संसदमा चुनाव जितेर देखाउन चुनौतीसमेत दिए ।

एमाले मेची अञ्चल समन्वय कमिटीले आयोजना गरेको मेची पर्यटन प्रवर्द्धन अभियानको उद्धघाटन गर्दै ओलीले आफूलाई कसैले टिका दक्षिणा गरेर प्रधानमन्त्री पद नदिएको समेत चेतावनी दिए । ‘कसैले इच्छा गर्दैमा सरकार परिवर्तन हुँदैन,’ उनले भने, ‘त्यसका लागि संसदमा भोट जित्नुपर्छ ।’ उनले गणतन्त्र ल्याउने भनेर कसैलाई गणतन्त्रका पिता, कसैलाई संविधानका पिता भनेर पगरी गुथाएको पनि दाबी गरे । उनले काँग्रेसप्रति लक्षित गर्दै भने– ‘नेपालमा गणतन्त्र र जनताको संविधान नेकपा एमालेको अगुवाइमा आएको हो ।’ ओलीले ४५ बर्ष अघि कम्युनिष्ट पार्टीले रोपेको गणतन्त्र र जनताले बनाएको संविधानको बीउ बल्ल उपभोग गर्न पाइएको दाबी गरे ।

Check Also

संविधान संशोधन उपयुक्त छैनः एमाले

वैशाख १७। नेकपा (एमाले) संसदीय दलको आज बसेको बैठकले संविधान संशोधन विधेयक देश र जनताका …