Home / News / समाचार / फेरि अर्की महिलामाथि एसिड हानियो, श्रीमान विदेशमा

फेरि अर्की महिलामाथि एसिड हानियो, श्रीमान विदेशमा

फागुन २८ । एक ३२ वर्षीया महिलामाथि एसिड प्रहार भएको छ । बिहीबार साँझ साढे सात बजेतिर पसलमा बसिरहेकी घोराही नपा–२ गुलरियाकी थारु समुदायकी ती महिलामाथि एसिड प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार एसिड प्रहारबाट ती महिलाको देब्रे कान र गालामा घाउ भएको छ । उनलाई घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको छ ।मोटरसाइकलमा आएका दुईजना युवाले चौधरीमाथि सिरिञ्जबाट एसिड हानेको जानकारी पीडित चौधरीका आफन्तले दिएको प्रहरीले जनाएको छ । उनका पति रोजगारीका सिलसिलामा भारतमा छन् ।

Check Also

पराजित हुने डरले निर्वाचन सारेको माधव नेपालको आरोप

असार १० । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेपाली काँग्रेस र नेकपा …