Home / News / समाचार / प्रधानमन्त्रीलाई मोर्चाको सातबुँदे ध्यानाकर्षण पत्र, एक महिनामा माग पूरा नभए कढा आन्दोलनको चेतावनी

प्रधानमन्त्रीलाई मोर्चाको सातबुँदे ध्यानाकर्षण पत्र, एक महिनामा माग पूरा नभए कढा आन्दोलनको चेतावनी

 
फागुन २८ । तराई–मधेशमा आन्दोलन जारी राखेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातबुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । शुक्रबार बालुबाटार पुगेर मोर्चाका नेताले ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरुले ध्यानाकर्षण पत्र बुझाउँदै एक महिने अल्टिमटेम समेत दिएको छ । आफ्ना मागहरु चैत मसान्तसम्म पुरा नभए कडा आन्दोलन गर्ने चेतावनीपनि मोर्चाले दिएको छ । सात बुँदेमा मोर्चाले संविधानमा भइसकेको संशोधनमा चित्त नबुझाउँदै समानुपातिक समावेशी र निर्वाचन क्षेत्रको माग अघि सारेको छ ।

त्यसैगरी मधेसमा दुई प्रदेश हुनुपर्ने, मौलिक हकमा समानुपातिक समावेशी हुने प्रष्ट व्यवस्थासहित अलग धाराको व्यवस्था गर्नु पर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, बहुभाषिक नीति लगायत छन् । साथै मधेसी मोर्चाले नेपाललाई एकल राष्ट्रको रुपमा नभई बहुराष्ट्रिय राज्यको रुपमा परिभाषित गर्नु पर्ने जस्ता माग मोर्चाको छ ।

Check Also

टर्कीमा ६.७ रेक्टरस्केलको भूकम्प, दुईको मृत्यु

साउन ६। टर्कीको इजियन तट नजिक रहेको ग्रीक द्वीपमा ६ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको …