Home / News / समाचार / ओली सरकारको दिनगन्ती सुरु, ओलीविरुद्ध खुलेर लाग्ने देउवाको संकेत

ओली सरकारको दिनगन्ती सुरु, ओलीविरुद्ध खुलेर लाग्ने देउवाको संकेत

फागुन २८ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तन हुने कुनै संभावना नरहेको दाबी गरिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार आफ्नै कारणले ढल्ने चेतावनी दिएका छन् । रिपोटर्स क्लबको साक्षात्कारमा बोल्दै देउवाले निकै सांकेतिक रुपमा भने – ‘सरकार आफ्नै बोझले ढल्छ’ । देउवाले एमालेको सरकार ढलेपछि कांग्रेसले सरकार बनाउनेतर्फ सङ्केत पनि गरे ।
देउवाले आफू ओली सरकारमा सहभागी नहुने पनि प्रष्ट बताए । ‘दह्रो प्रतिपक्ष भए प्रजातन्त्र बलियो हुन्छ । त्यसैले हामी प्रतिपक्षमा बस्छौँ,’ देउवाका ती भनाई पनि ओली सरकारलाई सहयोग गर्नेप्रति संकेत थिएनन् ।
मधेसी मोर्चाले उठाएको सीमांकनसहितका मुद्दाहरुलाई वार्ताबाटै समाधान गर्ने आवश्यक्ताअनुसार संविधान संसोधनसमेत गर्ने पनि देउवाको भनाइ थियो ।
देउवाले सरकार कालोबजारी नियन्त्रणमा सफल नभएको पनि आरोप लगाए । उनले कालो बजारी विरुद्ध उत्रने चेतावनी पनि दिए । ‘अहिले महङ्गी छ, कालोबजारी छ, आपूर्ति अस्तब्यस्त छ त्यसको विरुद्ध काग्रेसले संसद समेतमा आवाज उठाउँछ,’ उनले भने ।
 

Check Also

1-final

न्यूयोर्कस्थित ज्याक्सन हाइट्स घृणा अपराध मुक्त क्षेत्र घोषणा

न्यूयोर्क । डिसेम्बर २, शुक्रबार साँझ न्यूयोर्कस्थित आप्रवासीको बाक्लो बस्ती ज्याक्सन हाइट्सलाई ‘घृणा अपराध मुक्त …