Home / News / समाचार / लोकमानका ज्वाईँ, काँग्रेसका नेता, कमल थापाका भाञ्जाः कस्तो होला आगामी राजनीति ?

लोकमानका ज्वाईँ, काँग्रेसका नेता, कमल थापाका भाञ्जाः कस्तो होला आगामी राजनीति ?

फागुन २८ । नेपाली काँग्रेसका युवा नेताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसंग नाता गाँसेका छन । कार्कीकी कान्छी छोरी आकृति कार्कीको बिहे काँग्रेसका युवा नेता प्रवल थापासंग भएको छ । थापा नेपाली काँग्रेस काठमाडौंका निर्वाचित सदस्य हुन् ।

काठमाडौंको थापागाँउका थापा अष्ट्रेलियामा अर्थशास्त्रमा स्नातकोत्तर गरेर राजनीति गर्न भन्दै ५ बर्ष अगाडी स्वेदश फर्किएको बताइन्छ । विदेशमा पढेर राजनीति गर्छु भन्नेहरु निकै कम हुन्छन् । जसमा थापा पनि परेका छन् । उनलाई काँग्रेसबाट राजनीति गर्न भने सजिलो छैन् । उनकै घरपरिवारका व्यक्ति काँग्रेस भन्दा फरक पार्टीबाट मुलुकको प्रभावशाली नेताका रुपमा स्थापीत भएकाले उनी काँग्रेसमा लाग्न परिवार भित्रैबाट विद्रोह गर्नु परेको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रवलका मामा हुन् । मामाले मुलुकका धेरैलाई आफ्नो राजनीतिक विचारमा हिडाउन सकेपनि भान्जा प्रवल भने अझै पनि काँग्रेसमै भविश्य खोज्न कस्सीएका छन् । उनलाई राप्रपा नेपालको हिन्दुवादी अभियान भन्दा काँग्रेसको प्रजातन्त्रवादी विचार बढी मन पराउछन् । प्रवल र आकृतिको विवाहसंगै उपप्रधानमन्त्री थापा र प्रमुख आयुक्त कार्कीको पनि नयाँ नाता जोडिएको छ । प्रवलले आफ्ना मामा कमल थापालाई कार्कीको मामा सम्धी बनाईदिएका छन् । राप्रपा नेपालका सांसद तथा एन्फाका पुर्व अध्यक्ष गणेश थापा पनि कार्कीको मामा सम्धी बनेका छन् ।

अहिले ३२ बर्ष पुगेका प्रवलले २७ बर्षकी आकृतिसंग विहे गर्ने तयारी दुई बर्ष अगाडी देखि नै गरेको भएपनि गएको २२ गते शनिवार मात्रै उनीहरुको विवाह भएको हो । विवाहको भोज भने शुक्रबार आज राखिएको छ । भोजमा राजनितिक क्षेत्रका व्यक्ती र साथीहरु गरी झण्डै ३ सय जनालाई बोलाइएको छ । यसअघि उनले हिजो ३ सय जना नातेदारहरुलाई भोज खुवाएका थिए ।

गत शनिवार थापाले बेहुली लिन ५१ जना मात्रै जन्ती लिएर अख्तियार प्रमुखको क्वाटर टंगालमा पुगेका थिए । बेहुली पक्षका परिवार र आफन्तसहित करिब एक सय जना मात्र थिए । प्रमुख आयुक्त कार्कीको छोरीको विवाहमा राजनीतिक दलका नेता तथा सरकारका उच्च पदस्थ अधिकारीहरु देखिएनन् । विहेभोजमा कार्कीले शाकाहारी खानामात्र उपलब्ध गराएका थिए । समाजिक सुधार ऐनलाई आफैंबाट शुरु गर्नुपर्ने भन्दै कार्कीले छोरी ज्वाईँलाई कुनै उपहार पनि नदिएको विवाहमा सहभागी एक आफन्तले जानकारी दिए । कार्कीले यसअघि अर्की छोरीको विहे पनि क्वाटरबाटै गरेका थिए । नेप्लिजबाट
 

Check Also

एक किलो सुनसहित तीन पक्राउ

वैशाख १६। प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा …