Home / News / समाचार / विप्लव पुत्रीको विनोदसँग कसियो लगठनगाँठो, भागेको दुई महिनापछि विप्लवको बधाई

विप्लव पुत्रीको विनोदसँग कसियो लगठनगाँठो, भागेको दुई महिनापछि विप्लवको बधाई

फागुन २९ । नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवकी छोरी सञ्जुले सुनसरीका विनोद लुइँटेलसँग विवाह गरेको करिब दुई महिनापछि शनिवार राजधानीमा एक कार्यक्रम गरेर विप्लवले बधाई दिएका छन् ।

आफ्नै तरिकाले विवाह गरेकी सञ्जुलाई विप्लवले माओवादीको मध्य वानेश्वरस्थित सम्पर्क कार्यलय परिसरमै एक कार्यक्रम आयोजना गरी बधाई दिएका हुन् । बधाई कार्यक्रममा विप्लवका परिवारका सदस्य र पार्टीका नेता–कार्यकर्ता पनि सहभागी थिए । २० बर्षकी सञ्जुकोअमृत साइन्स क्याम्पसमा विएसस्सी पढ्दै गरेका विनोदसँग प्रेम थियो । विनोद अमृत साइन्स क्याम्पसमा विप्लव माओवादीको विद्यार्थी संगठनका अध्यक्ष हुन् ।

Check Also

पूर्व प्रधानमन्त्रीहरुको सुझाव बोकेर प्रचण्ड चीन यात्रामा

चैत १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ …