Home / News / अन्तर्राष्ट्रिय / चुनावी प्रचारमा लागेका उम्मेदवारका दावेदारलाई ओबामाको चेतावनी, हिंश्रक नबन्न आग्रह

चुनावी प्रचारमा लागेका उम्मेदवारका दावेदारलाई ओबामाको चेतावनी, हिंश्रक नबन्न आग्रह

 

फागुन ३० । अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पदको दौडमा लागेका उम्मेदवारहरुलाई नरम नीति लिन आग्रह गरेका छन् । उनले तनाब बढाउने कामबाट बच्चसमेत आग्रह गरेका छन् ।

ओबामाले उम्मेदवारका दावेदार अन्य अमेरिकीको अपमान नगर्न र उनीहरुप्रति हिंश्रक नबन्न ओबामाले आग्रह गरेका हुन् । शिकागोमा रिपव्लिकनले आयोजना गरेको डोनल्ड ट्रपको र्‍याली रद्द गरेसँगै ओबामाको यस्तो भनाइ सार्वजनिक भएको हो ।

शिकागोमा डोनाल्ड ट्रपको समर्थन र बिरोधमा भएको र्‍यालीमा झडप भएपछि उनले र्‍याली रद्द गरेका थिए । ट्रंपका विरोधीले उनी विरुद्ध उत्तेजक नाराबाजी गरेको आरोप लागेको छ ।

 

Check Also

६ राष्ट्रले तोडे कतारसँग सम्बन्ध, नेपाल पनि सतर्क

जेठ २३ । मुस्लिम बहुल ६ वटा देशले सोमबार कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन् । …