Home / News / समाचार / ल्यारक्यालको यस्तो अबसरवादी यात्राः कांग्रेस–एमाले हुँदै एमाओवादीसम्म

ल्यारक्यालको यस्तो अबसरवादी यात्राः कांग्रेस–एमाले हुँदै एमाओवादीसम्म

 

चैत । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५८ मा ल्यारक्याललाई गुम्बा व्यावस्थापन समितको अध्यक्षमा नियुक्ति गरेका थिए ।

सिन्धुपाल्चोकका कांग्रेस नेता मोहन बस्नेतले खुमबहादुर खड्का मार्फत उनको नियुक्ति गराएका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

अमेरिकाबाट गुम्बा विकासमा टन्न सहयोग ल्याउँछुभनेपछि हाम्रै पालामा उनलाई अध्यक्ष नियुक्ति गरिएको हो, श्रोतले भन्यो ।
०६३ पछि फेरि उनी कांग्रेससँग निकट भएर सभासद् हुने खेलमा लागे । तर, सभासद् हुने संभावना नदेखेपछि एमालेमा लागे । सिन्धुपाल्चोक एमालेका नेता मार्फत उनले पार्टीको ठूला नेतासँग हिमचिम बढाए ।

अमृत बोहोरा र ईश्वर पोखरेल मार्फत एमालेको समानुपातिक सभासद भए । सभासद् हुँदा उनलाई धेरै एमाले नेताहरुले नै चिन्दैनथे । दोस्रो संविधानसभामा पनि एमालेबाटै सभासद बन्ने योजनामा थिए । तर, एमालेभित्र पहिलेको विवादका कारण नेताहरु जोखिम मोल्न तयार भएनन् ।

त्यसकारण उनी एमाओवादीतिर लागे । समानुपातिकको सूची बुझाउने अघिल्लो दिन उनी एमाओवादी प्रवेश गरे । एमाओवादीको चुनावमा राम्रो मत नआएपछि उनी समानुपातिक सभासद् बन्न पाएनन् । तर, पछि संविधानसभा अदालतले ५ कार्त्तिक ०७१मा सभासद् शम्भु हजारा पासवानको पद खारेज गरेपछि ल्यारक्यालले सभासद हुने मौका पाएका थिए ।

Check Also

gianni-infantino-fifa

फिफा अध्यक्ष जियानी इन्फन्टिनो भन्छन्– ‘अब विश्वकपमा ४८ देशको सहभागिता’

मंसिर २३ । ३२ देशको सहभागिता रहँदै आएको विश्वकप फुटवलमा अब भने ४८ देशको सहभागिता …