Home / News / अन्तर्राष्ट्रिय / टर्कीको राजधानीमा बम विस्फोट, कम्तीमा ३४ को मृत्यु

टर्कीको राजधानीमा बम विस्फोट, कम्तीमा ३४ को मृत्यु

चैत १ । टर्कीको राजधानी अंकारामा सोमबार बिहान भएको कार बम विस्फोटमा ३४ जनाको मृत्यु भएको छ । गाडी र मानिसहरुको भीडभाड भएको क्षेत्रमा बम विस्फोट भएको थियो ।

टर्कीमाथि आतंकवादी हमलाको आशंकाहरु बढीरहेका बेला यो विस्फोट भएको हो । केही दिनअघि मात्रै टर्की स्थित अमेरिकी दूतावासले सरकारी कार्यालय र भवनहरुमा आतंकवादी हमलाको संभावना बताउँदै त्यहाँको सरकारलाई सतर्क गराएको थियो ।

यो विस्फोटपछि टर्कीको सरकारले जनताको सुरक्षा गर्न सक्नेमा प्रश्न उठाइएको छ । आइएस र कुर्दिस आतंकवादीहरुको टर्कीमा पछिल्लो दिनमा गतिविधि बढेको भन्दै सरकारको आलोचना भइरहेको छ । यी संगठनहरुले टर्कीको सरकार विरुद्ध गतिविधि बढाइरहेका छन् ।

सिरिया लगायतका मध्यपूर्वका देशहरुमा चलिरहेका संघर्षले विस्तारै टर्कीलाई पनि आक्रान्त पार्न थालेको बताइएको छ । हमलापछि टर्कीका राष्ट्रपतिले एक विज्ञप्ति जारी गर्दै सुरक्षा फौजसँग पराजित हुँदै गएपछि आतंकवादीहरुले सर्वसाधारणलाई लक्ष्यीत आक्रमण थालेको बताएका छन् । एजेन्सी

Check Also

obama-trump2

ह्वाइट हाउसमा ट्रम्पलाई आबामाले गरे स्वागत, डेढ घण्टा छलफलमा के–के भयो ?

कात्तिक २६ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र निवर्तमान राष्ट्रपति बाराक ओबामाबीच निर्वाचनपछि पहिलो …