Home / News / समाचार / कांग्रेस महाधिवेशनमा नगएको भन्दै महिलाको अपहरण, ५० हजार बुझाएर अपहरण मुक्त

कांग्रेस महाधिवेशनमा नगएको भन्दै महिलाको अपहरण, ५० हजार बुझाएर अपहरण मुक्त

चैत २ । कांग्रेस महाधिवेशनमा नगएको विषयलाई लिएर मोरङको डाँगीहाट ९ की एक युवतीलाई अपहरण गरी दुई दिनसम्म बन्धक बनाएर यातना दिएको खुल्न आएको छ ।

डाँगीहाट ९ की २३ वर्षीया नरमाया बिष्टले अपहरण मुक्त हुन ५० हजार रुपैयाँ फिरौतीसमेत बुझाउनु परेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको आजको अन्नपूर्णमा समाचार छ ।

प्रहरी निरीक्षक मेघराज थापाका अनुसार डाँगीहाट ९ की बिष्टलाई कांग्रेसको महाधिवेशनमा जाने भनेर हिँडेपछि बीच बाटोमै छाडेर धोका दिएको भन्दै धनकुटाको भेडेटार ४ स्थित ग्रिन हेवन होटेलकी सञ्चालिका रीता भनिने खिमकुमारी लिम्बू कार्कीले भाडामा गुण्डाको प्रयोग गरेर अपहरण गर्दै बन्धक बनाएर यातना दिन लगाएकी हुन् ।

खिमकुमारीले भेडेटारमा रहेको आफ्नै होटलमा बन्धक बनाएर दुई दिनसम्म केही खान नदिई कुटपिट गर्न लगाएको प्रहरीले जनाएको छ । कुटपिटबाट युवतीको शरीरभर नीलडाम छ ।

Check Also

gianni-infantino-fifa

फिफा अध्यक्ष जियानी इन्फन्टिनो भन्छन्– ‘अब विश्वकपमा ४८ देशको सहभागिता’

मंसिर २३ । ३२ देशको सहभागिता रहँदै आएको विश्वकप फुटवलमा अब भने ४८ देशको सहभागिता …