Home / News / समाचार / देश टुक्राउने अभियानमा लागेकाहरुसँग अदालतले धरौटी माग्यो

देश टुक्राउने अभियानमा लागेकाहरुसँग अदालतले धरौटी माग्यो

 

चैत २ । देश टुक्राउने अभियानमा लागेका स्वतन्त्र मधेस गठबन्धनका छ जना कार्यकर्तासँग विशेष अदालत काठमाडौंले धरौटी माग गरेको छ ।

जिल्ला प्राविधिक कार्यालय सुनसरी, इनरुवाका सव इञ्जिनियर भारदह १ का ३९ वर्षीय श्यामसुन्दर मण्डलसहित छ जनासँग जनही २५ हजार धरौटी माग गरिएको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रनाउ कार्कीका अनुसार मण्डलसहित मधेस गठबन्धनका सप्तरी संयोजक इटहरी विष्णपुरका सुरेन्द्र शर्मा सुतिहार, उस्मान मियाँ, भारदह का सुरेन्द्र मण्डल, भारदह का बुधेश्वर मण्ड र भोगेन्द्र भनिने नागेश्वर शर्मासँग धरौटी माँग गरिएको हो ।

न्यायाधीशद्वय भुपेन्द्र प्रसाद शिवाकोटी र नरेन्द्र राईको संयुक्त इजलाशपछि छ जनाले नै सोमबार जनही २५ हजार धरौटी तिरेको प्रहरी नायव निरीक्षक हरि खड्काले बताए । स्वतन्त्र मधेस गठबन्धन गाउँ कमिटि गठन गर्ने उद्देश्यले भारदह १ स्थित विपी माविको प्राङ्गणमा गत फागुन ७ गते भइरहेको प्रथम परिषदबाट इलाका प्रहरी कार्यालय भारदहले श्यामसुन्दर, सुरेन्द्र, नागेश्वरलाई पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट प्रहरीले व्यानर, घोषणापत्र, आमन्त्रण पत्र, पेनड्राइभ, साउण्ड बक्सलगायतको सामाग्री बरामद गरेको थियो । पक्राउ परेकाहरुलाई छुटाउन माग गर्दै राजविराजमा प्रदर्शन गरिरहेका बेला प्रहरीले सुरेन्ऽ शर्मा, उस्मान र बुधेश्वरलाई गत फागुन ९ गते पक्राउ गरेको थियो ।

छ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयले नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पार्ने गतिविधी गरेको आरोपमा राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ अन्तर्गत मुद्दा दर्ता गरी कारवाही चलाएको थियो ।
 

Check Also

gianni-infantino-fifa

फिफा अध्यक्ष जियानी इन्फन्टिनो भन्छन्– ‘अब विश्वकपमा ४८ देशको सहभागिता’

मंसिर २३ । ३२ देशको सहभागिता रहँदै आएको विश्वकप फुटवलमा अब भने ४८ देशको सहभागिता …