Home / News / समाचार / सप्तरीमा जन्ती बस दुर्घटना, कम्तीमा सात घाइते

सप्तरीमा जन्ती बस दुर्घटना, कम्तीमा सात घाइते

चैत २। सप्तरीको बभनगामाकट्टी–३ स्थित तोपा सडकखण्डमा जन्ती बोकेको बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

भारदहबाट जन्ती लिएर राजविराजतर्फ आउँदै गरेको बा १ ख ९४८१ नम्बरको बस ब्रेकफेल भई अचानक पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार सो बसमा सवार सात जना घाइते भएका छन् ।

घाइते हुनेमा मधुवापुर गाविस–२ बस्ने १४ वर्षीय नीरजकुमार मण्डल, सोही ठाउँका २५ वर्षीय नितेशकुमार मण्डल, बारा गढीमाई सीतापुरका ४५ वर्षीय मो कलाम आजाद मियाँ र भारतको सुपौल निवासी २० वर्षीय जीतेन्द्र मण्डल छन् ।
घाइतेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

Check Also

kc

आइओमका नव नियुक्त डिन डा. केपी सिहले राजीनामा, केसीले अझै अनसन तोडेनन्

मंसिर १७ । विगत २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि लागि भन्दै …