Home / News / समाचार / सपना मल्ल प्रधानलाई न्यायधीशमा सिफारिस गरेपछि देउवा किन जंगिए ?

सपना मल्ल प्रधानलाई न्यायधीशमा सिफारिस गरेपछि देउवा किन जंगिए ?

 

चैत २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यका अङ्गहरुबीच समन्वय हुनु आवश्यक रहेको बताएका छन् । मंगलबार नेपाल प्रेस युनियनको टोलीसँग कुरा गर्दै देउवाले सांसद भइसकेका व्यक्ति न्याधीशमा सिफारीस हुनु गलत भएको बताउँदै न्यायपालिकाको गरिमा बाँकी नरहने बताए ।

समानुपातिक सूचिबाट सांसद बनिसकेको व्यक्तिलाई सिफारिस गर्ने र सिफारिसमा नियुक्ति हुने व्यक्तिले पनि न्यायपालिकाको गरिमाबारे सोच्नु पर्ने बताउँदै देउवाले सांसद भइसकेका व्यक्तिलाई न्यायधिशमा सिफारीस गर्दा गलत नजिर बस्ने खतरा बढेको बताए ।

देउवाले न्याय परिषद्ले गरेको सिफारिसमा आफ्नो प्रश्न नरहेपनि सिफारिस गर्ने र हुने व्यक्तिले यस्ता विषयमा सचेत हुनुपर्ने बताउँदै सांसद्लाई सिफारिस गरेको नजिर बसेपछि भोलि योग्यता भएका अरु सांसदले दावी गर्न सक्ने बताए । न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नेकपा एमालेका तर्फबाट पहिलो संविधानसभामा सभासद बनेकी सपना मल्ल प्रधानको नाम पनि सिफारिस गरेपछि सभामुख र न्याय परिषद्बीच विवाद भइरहेको छ ।्
 

Check Also

kc

आइओमका नव नियुक्त डिन डा. केपी सिहले राजीनामा, केसीले अझै अनसन तोडेनन्

मंसिर १७ । विगत २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि लागि भन्दै …