Home / News / समाचार / भारतीय विदेश सचिव जयशंकरले प्रधानमन्त्री ओलीलाई फुर्काए, देउवालाई सुझाव दिए

भारतीय विदेश सचिव जयशंकरले प्रधानमन्त्री ओलीलाई फुर्काए, देउवालाई सुझाव दिए

चैत २ । मिनी सार्क बैठकका लागि काठमाडौं आएका भारतीय विदेश सचिव एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा पुगी ओलीसँग भेट गरेका हुन् । भेटमा दुई देशको सम्बन्ध र आपसी हितबारे कुराकानी भएको प्रधानमन्त्री ओलीका परराष्ट्र विज्ञ गोपाल खनालले जानकारी दिएका छन् । खनालले बाहिर चर्चामा आए जस्तो भेटमा प्रदेशको सीमाङ्कनको विषय टुंगो लगाउनेबारे छलफल नभएको बताए । मंगलबार भेटघाटमा व्यस्त बनेका उनले मधेसी मोर्चाका नेतासँगै नवनिर्वाचित काँग्रेस सभापति शेरबहादुर देउवासंग पनि भेटघाट गरेका छन् । देउवालाई बधाई दिन शंकर देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।

बधाई दिएपछि देउवा र शंकरबीच केही समय कुराकानी समेत भएको थियो । भेटमा जयशंकर र देउवाबीच दुई देशको सम्बन्धबारे छलफल भएको बताइएको छ । जयशंकरले देउवा कांग्रेस सभापति निर्वाचित भएसंगै दुई देशको सम्बन्ध सुधारको ढोका समेत खुलेको प्रतिक्रिया दिएका थिए । ।
 

Check Also

राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गर्ने प्रचण्डको दाबी

माघ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गरिने …