Home / News / समाचार / तीन जनाको ज्यानलिने पूर्वसभासद राई पर्दैछन पक्राउ

तीन जनाको ज्यानलिने पूर्वसभासद राई पर्दैछन पक्राउ

चैत २ । एमाओवादी सभासद ल्हारक्याल लामाला १४ थान गोली सहित पक्राउ परेका साता बिन्त नपाँउदै एमाओवादी सभासद केशव राईलाई प्रहरीले पक्राउ गर्ने भएको छ । कर्तव्य ज्यान मुद्वा लागेका एमाओवादी पूर्व सभासद राईलाई प्रहरीले पक्राउ गर्ने भएको हो ।

पाँच वर्षअघि गुरू लुइँटेल, मस्त तामाङ, पदम तामाङलाई काठमाडौंबाट जिल्ला जाँदै गर्दा बाटोमा अपहरण गरी हत्या गरेको अभियोगमा ओखलढुंगा जिल्ला अदालतलले राईको नाममा ७० दिने म्याद पुर्जी जारी गरेको थियो । ओखलढुंगा जिल्ला अदालतले जारी गरेको वारेन्टलगायत कारबाही बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएपछि उराइलाई पक्राउ गर्न बाटो खुलेको हो ।

न्यायाधिश द्वय कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको संयुक्त इजलासले उनको रिट खारेज गरेको हो । जारी अभियोगपत्रमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं र १३ (३) नं अन्तरर्गत सर्वस्वसहित जन्मकैदको सजायको माग दाबी गरिएको थियो । ओखलढुंगा निर्वाचन क्षेत्र १ बाट निर्वाचित एमाओवादी सभासद राईले रिटमा उक्त अभियोगपत्र तथा कारबाही असंवैधानिक र विस्तृत शान्ति सम्झौता २०६३ प्रतिकूल भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

Check Also

kc

आइओमका नव नियुक्त डिन डा. केपी सिहले राजीनामा, केसीले अझै अनसन तोडेनन्

मंसिर १७ । विगत २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि लागि भन्दै …