Home / News / समाचार / २ करोड १९ लाख रुपैयाँ ठगी गरेर फरार थिए ल्यारक्याल

२ करोड १९ लाख रुपैयाँ ठगी गरेर फरार थिए ल्यारक्याल

चैत ३। बैंक लकरमा गोली भेटिएपछि प्रहरी हिरासतमा रहेका एकीकृत नेकपा माओवादीका सांसद ल्यारक्याल लामा वैदेशिक रोजगारीमा ठगी ‘फरार’ आरोपीसमेत हुन् ।
मकाउ पठाइदिने भन्दै २ करोड १९ लाख रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेपछि विभागले लामालाई पक्राउ गरि बुझाउन प्रहरीलाई दुई वर्षअघि नै पत्र पठाएको आजको नागरिक दैनिकमा समाचार छ ।
अपरच्युनिटि म्यानपावर सर्भिसेजका अध्यक्ष केशबबहादुर गुरुङले ल्यारक्यालसहित फुर्वा लामा छ तिरिङडोल्ला लामाविरुद्ध २०७९ भदौमा उजुरी दिएका थिए । लगत्तै विभागले महागनरीय प्रहरी मरिसर, काठमाडौंलाई भदौ ५ मा तीनै जनालाई पक्राउ गरी विभागमा पठाउन पत्राचार गरेको थियो ।
गुरुङले निवेदनमा ‘ल्यारक्यालकी भान्जी भन्ने खिनाले मकाउमा हाउसकिपिङ, क्लिनर, वेटर र सेक्युरिटी गार्डको ३ सय २० जनाको कोटा ल्याईदिने भन्दै पटक पटक गरी २ करोड १९ लाख रुपैयाँ ठगी गरेको’दाबी गरेका छन् ।
कोटा ल्याएबापत कमिसनस्वरुप उनीहरुले सो रकम लिएर आफूलाई ठगेको उनको निवेदनमा छ ।

Check Also

राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गर्ने प्रचण्डको दाबी

माघ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गरिने …