Home / News / समाचार / संसदीय दललमा पनि देउवाकै दाबी

संसदीय दललमा पनि देउवाकै दाबी

चैत ३। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महाधिवेशन सकिएलगत्तै संसदीय दलको नेता छनोट गर्ने कार्यलाई अघि बढाउने भएको छ ।
शुसील कौइरालाको निधनसँगै रिक्त भएको संसदीय दलको नेतामा नवनिर्वाचित सभापति शेरबहादुर देउवाले नै दाबी गर्ने भएका आजको समाचार पत्र दैनिकमा समाचार छ । कंग्रेसभित्र सहमतिमा संसदीय दलको नेता छनोट हुने सम्भावना न्यून छ ।
संसदीय दलको नेता नहुँदा कांग्रेसलाई प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न मात्र होइन संवैधानिक परिषद्को कामकारबाहीमा समेत प्रभाव परेको छ ।
कांग्रेस नेता पूर्णबहादुर खड्काका अनुसार ढिलोमा एक महिनाभित्र संसदीय दलको नेता चयनका साथै संसदीय दलको कार्यसमिति पनि गठन हुनेछ । सार्थ, नवनिर्वाचित सभापति देउवाले केन्द्रीय कार्यसमितिमा पदाधिकारी तथा सदस्यहरुको मनोनयन पनि छिट्टै गर्ने तयारी गरेका छन् ।

Check Also

राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गर्ने प्रचण्डको दाबी

माघ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गरिने …