Home / News / प्रवास / लस एन्जलसमा नेजाको सामुदायिक अन्तरक्रिया

लस एन्जलसमा नेजाको सामुदायिक अन्तरक्रिया

लस एन्जलस । अमेरिकामा रहेका नेपाली मूलका पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा)को पाँचौं अधिवेशनको तयारी तीव्ररुपमा बढेको बताइएको छ । नेजाको पाँचौं अधिवेशन आगामी मे ७ र ८ मा लस एन्जलसमा हुन लागेको अधिवेशन तयारी समितिका संयोजकसमेत रहेका नेजाका सचिव सुदीप पन्तले जानकारी दिए । कार्यक्रममा सहभागी जनाउन बाल्टिमोरमा रहेका नेजाका अध्यक्ष गौतम दाहालसमेत लस एन्जलस आउने सचिव पन्तले बताए ।

हाल नेजाले अप्रिल ३ सम्म म्याद राखी अधिवेशनमा सहभागिताका लागि सदस्यता वितरण र नवीकरण कार्य जारी राखेको छ । यसैगरी नेजाले आफ्नो द्वैवार्षिक प्रकाशन ‘प्रयास’समेत अधिवेशनको अवसर पारेर प्रकाशन गर्दैछ । यस वर्ष नेजाले हरेक दुई वर्षमा प्रदान गर्दै आइरहेको नेजा ग्रामीण पत्रकारिता पुरस्कारसमेत प्रदान गर्दैछ । पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

यसैबीच नेजाले अधिवेशनस्थल लस एन्जलसमा अधिवेशनको तयारी र नेजाका गतिविधिबारे समुदायका सदस्यसँग छलफल गर्न लागेको छ । आगामी शनिबार साँझ ८ बजे स्थानीय नेपाल अमेरिका एकता समाजको कार्यालयमा यस्तो छलफल र अन्तरक्रिया कार्यक्रम गर्न लागेको सचिव सुदीप पन्तद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सहभागिताका लागि आफूहरुले स्थानीय समुदायका सबै सदस्यहरुलाई आमन्त्रण गरेको कार्यक्रम व्यवस्थापनका लागि खटिएका नेजाका सदस्य अग्नी चौलागाईंले जानकारी दिए ।

Check Also

trumptower

ट्रम्पपत्नी तत्काल ह्वाइट हाउस नजाने

न्यूयोर्क । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको निवासबाट उनकी पत्नी मलानिया ट्रम्प आफ्नो पतिले कार्यालय सम्हाल्न …