Home / News / प्रवास / एनडब्ल्यूजीएनको लस एन्जलस च्याप्टर गठन

एनडब्ल्यूजीएनको लस एन्जलस च्याप्टर गठन

 लस एन्जलस । १०६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मार्च ८ का दिन नेपाली महिला विश्व सञ्जाल (एनडब्ल्यूजीएन) क्यालिफोर्निया, लस एन्जलस च्याप्टर गठन भएको छ । लस एन्जलस च्याप्टरले आगामी दुई वर्षे कार्यकालका लागि शारदा श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिमा उपाध्यक्ष अमृता गैरे, सचिव रिता पौडेल, कोषाध्यक्ष प्रभा निरौला चयन भएका छन् भने सदस्यहरूमा जुन्ता विन, माया श्रेष्ठ, सपना चाकुबजी, उमा बस्नेत, अमिता पौडेल, कल्पना पौड्याल र मनिता योगी रहेका छन् । त्यसैगरी सल्लाहकार समितिमा उमा कार्की थापा, संगीता लम्साल शिवाकोटी, तारा गुरुङ र लता घिमिरे रहेका छन् । संस्थाको मिडिया कोअर्डिनेटरमा डोल्मा लामालाई चयन गरिएको छ ।

यस सञ्जालले महिलाहरूको हकहित र अधिकारका लागि पृथक, सृजनात्मक एवम् आम महिलाहरूको आवश्यकतालाई ध्यानमा राखी विभिन्न गतिविधि सञ्चालन गर्ने नवगठित सञ्जालका अध्यक्ष शारदा श्रेष्ठले जानकारी दिइन् ।

Check Also

विश्वभर छरिएका तामाङहरुलाई एउटै मालामा गाँस्न अमेरिकामा सम्मेलन

आउँदो सेप्टेम्बर २ र ३ मा अमेरिकाको न्यूयोर्कमा अमेरिका र क्यानडामा रहेका तामाङहरु एकै ठाउँमा …