वकिललाई प्रश्न

lawerमैले भर्खर युएस सिटिजनसिप प्राप्त गरेकी छु। मेरो श्रीमान्को ग्रीनकार्ड नै छ। मेरो दुई बच्चाहरु १२ र १४ वर्षका ग्रीनकार्ड होल्डर छन्। मैले सुनेअनुसार बाबु वा आमाको नेचुरालाइजेसन भएपछि अटोमेटिकली छोराछोरीहरुले युएस सिटिजनसिप पाउँछ रे। के यो सत्य हो? यदि हो भने यसको प्रक्रिया के होला र मेरो छोराछोरीहरु योग्य छन् कि छैनन् होला?

– अस्मिता नेमकुल, न्यूयोर्क

सर्वप्रथम तपाईंले युएस सिटिजनसिप पाउनुभएकोमा बधाई छ । तपाईंको ग्रीनकार्ड होल्डर नाबालक छोरा वा छोरीहरु तपाईंको नेचुरालाइजेसन भएको आधारमा नेचुरालाइजेसनको लामो प्रोसेसमा नगइकन नै युएस सिटिजनसिप पाउन योग्य छन् ।

चाइल्ड सिटिजनसिप एक्ट २००० ले व्यवस्था गरेअनुरुप बाबुआमाको नेचुरालाइजेसनबाट उनीहरुको बच्चाहरुले यी निम्न तलका कुराहरु वा आधारहरु सेटिसफाइ गर्न सके स्वतः युएस सिटिजनसिप प्राप्त गर्न सक्नेछन् । जस्तै– १) एक बाबु वा आमा सिटिजन हुनुपर्ने, २) सो सिटिजनसिप प्राप्त गरेको दिनमा छोरा वा छोरी १८ वर्षभन्दा मुनिको उमेरमा छ, ३) सो बच्चा पर्मानेन्ट रेसिडेन्टको स्टाटसमा अमेरिकामा बसोबास गरिरहेको छ, ४) सो बच्चाहरु युएस सिटिजन बाबु वा आमाको लिगल र फिजिकल कस्टडीमा छ । यसरी युएस सिटिजन बाबु वा आमाबाट सिटिजनसिप प्राप्त गर्नका लागि उक्त युएस सिटिजन बाबुआमाले वा चाइल्ड एप्लिकेन्टले एन–६०० एप्लिकेसन (एप्लिकेसन फर सर्टिफिकेट अफ सिटिजनसिप) भरेर युएससीआईएसमा पेश गर्नुपर्नेछ ।

यस्तो निवेदन पेश गर्दा माथि उल्लेखित कुराहरु पुष्टि हुने कागजपत्र आदिसमेत अट्याच गरी युएससीआईएस फी ६०० डलर राखी युएससीआईएसमा पेश गरेको कुराहरुमा चित्त बुझेको खण्डमा सो निवेदन स्वीकृत गरिदिनेछ । यदि निवेदनमा कुनै कमी कसर देखिएमा अन्तरवार्तासमेतको माग गर्न सक्नेछ ।

तपाईंको बच्चाहरु १२ र १४ वर्ष मात्र भएको र उनीहरु तपाईंले युएस सिटिजनसिप प्राप्त गर्दा १८ वर्षभन्दा मुनि भएकाले डेरिभेटिभ नेचुरालाइजेसन वा युएस सिटिजनसिपका लागि योग्य छन् । त्यसैले सबै रीत पुगेमा तपाईंको छोरा वा छोरीको एन–६०० निवेदनहरु स्वीकृत भएमा उनीहरुले पनि युएस सिटिजनसिप प्राप्त गर्नेछन् ।

Check Also

ramesh-shrestha-pic-for-q-and-a

अमेरिकामा कार्यरत नेपाली वकिललाई प्रश्न

मैले मेरो युएस सिटिजनसिप भर्खरै प्राप्त गरें। मेरो बाबुआमालाई ग्रीनकार्डको लागि स्पोन्सर गर्न चाहन्छु। तर, …