Home / News / प्रवास / लस एन्जलसका नेपालीले मनाए महाशिवरात्रि

लस एन्जलसका नेपालीले मनाए महाशिवरात्रि

लस एन्जलस । अमेरिकाको लस एन्जलसमा नेपाली समुदायले महाशिवरात्रि मनाएका छन् । नेपाली समुदायले निर्माण गरेको श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा महाशिवरात्रि पर्व मनाएका हुन् । महाशिवरात्रिको अवसरमा लस एन्जलसवरपर रहेका नेपाली तथा भारतीयको समेत मन्दिरमा उपस्थिति रहेको थियो । महाशिवरात्रिका दिन मन्दिरमा भेला भएका अधिकांशले आफ्नो संस्कृतिलाई जोगाउन यस्ता पर्वहरुको निरन्तरता रहनु जरुरी रहेको बताए । उनीहरुले नेपालीद्वारा निर्माण गरिएको मन्दिर पूजा गर्न पाउनु अहोभाग्य र गर्व महसुस भएको बताए ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी शिवको ज्योतिर्लिङ उत्पन्न भएको रातका रूपमा मनाउने गरिन्छ । परम्पराअनुसार हिन्दूहरुले यसअघिको भाद्र कृष्णपक्ष अष्टमीको रातलाई मोहरात्रि, असोज महिनाको बडादशैंमा पर्ने विजयादशमीको अघिल्लो रातलाई कालरात्रि र कात्तिक कृष्णपक्ष औंशीमा पर्ने लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनी मनाउने प्रचलन छ ।

केही वर्षपहिले एक मिलियन डलरभन्दा बढीमा खरिद गरिएको भवनमा नेपाल र भारतबाट मूर्ति खरिद गरी ल्याइसकेको जानकारी दिंदै सम्बन्धित निकायबाट अनुमति प्राप्त गरी स्थापनाका लागि सुरु गरिने संस्थाका अध्यक्ष भक्त थापाले जानकारी दिए । उनले मन्दिरमा मूर्ति स्थापना गर्नका लागि स्पोन्सर गर्ने व्यक्तिसमेत बढ्दै गइरहेको बताए । थापाका अनुसार अहिलेसम्म ८० हजारभन्दा बढी मूर्तिका लागि अर्थ संकलन भइसकेको छ । आगामी वर्षदेखि नेपालीहरूले स्थापित मूर्तिमा पूजाआजा गरेर सबै पर्व मनाउन सकिने गरी संस्थाले आफ्नो योजना बढाएको छ ।

Check Also

द होप लोकार्पण

अस्टिन, टेक्सास । प्रख्यात टेलिभिजन पत्रकार किरण मरहठ्ठाद्वारा लिखित पुस्तक ‘द होप’को आइतबार टेक्सासको अस्टिनमा …