Home / News / समाचार / प्रधानमन्त्रीको चीन जाने टोलीको भ्रमण भत्ता करोड, कसले कति पाउँछन् ?

प्रधानमन्त्रीको चीन जाने टोलीको भ्रमण भत्ता करोड, कसले कति पाउँछन् ?


चैत ४ । यही चैत ७ गतेदेखि हुन लागेको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा सरकारी जम्बो टोलीका लागि एक करोड रुपैयाँ भन्दा बढी दैनिक भ्रमण भत्ता (टीएडीए) मा खर्च हुने भएको छ ।
यो खर्च यातायात तथा आबासबाहेकको भएको आजको अन्नपूर्ण पोस्ट दैनिकले जनाएको छ ।
मन्त्रिपरिषद् को निर्णयअनुसार चीन जाँदा प्रधानमन्त्रीले दैनिक ती सय, मन्त्रीले दुई ५०, सचिवले दुई सय र सहसचिवले एक सय ७५ र उपसचिवले एक सय ५० डलर पाउँछन् । प्रधानमन्त्रीले पाँच दिनका लागि १ हजार ५ सय डलर अर्थात १ लाख ५९ हजार पाँच सय रुपैयाँ पाउनेछन् ।
त्यसैगरी सातजना मन्त्रीले दैनिक दुई सय ५० डलरका दरले ८ हजार सात सय ५० डलर अर्थात ९ लाख २७ हजार पाँच सय रुपैयाँ टीएडीए पाउनेछन् ।
भ्रमण टोलीमा संलग्न १४ सांसदले दैनिक दुई सयका दरले १४ हजार डलर अथर्तात १४ लाख ८४ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै सात सचिव, सात सहसचिव, र भ्रमण टोलीमा संलग्न अन्य २४ जनाले उपसचिवसरहको भत्ता पाउनेछन् । यसमा १९ लाख ८० हजार रुपैयाँ खर्च हुने छ ।
भ्रमण टोलीको संख्यासमेत झन्डै पाँच दर्जन हाराहारीमा पुग्ने भएको छ । चीन सरकारले त्यहाँको भ्रमणमा रहँदा खाने, बस्ने र यातायातको सुविधा उपलव्ध गराउने भएको छ ।

Check Also

एक किलो सुनसहित तीन पक्राउ

वैशाख १६। प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा …