Home / News / समाचार / यसरी मनाइँदै छ विश्व मुख स्वास्थ्य दिवस

यसरी मनाइँदै छ विश्व मुख स्वास्थ्य दिवस

vs_healthचैत ५ । एक सातासम्म निशुल्क मुखको उपचार गरेर नेपाल डेन्टल एसोसिएसनले विश्व मुख स्वास्थ्य दिवस मनाउने भएको छ ।

एसोसिएनले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष सुभित मास्केले दिवसको अवसरमा मार्च १७ देखि २३ गतेसम्म दन्त चिकिस्तकहरुलाई निशुल्क मुख तथा दन्त परिक्षण गर्न आब्हान गरेको जानकारी दिए ।
स्वास्थ्य मुख, स्वास्थ्य शरिर को मुल नाराको साथ मनाईन लागेको दिवसको अवसरमा २० मार्चमा विहान खुलामन्चबाट प्रभातफेरि निकालेर रत्नपार्क, जमल, दरवारमार्ग, घण्टाघर घुमेर कोणसभा गरिने उनले जानकारी दिए ।

महासचिव डा. प्रतिक श्रेष्ठले मुखले शरिरको स्वास्थ्यको अवस्था दर्शाउने भएकोले आफूहरुले दिवसको अवसर पारेर मुख स्वास्थ्यको विषयमा जनचेतना फैलाउने गरी काम गर्ने भन्दै सामान्य तय फ्लोराईड यूक्त पेष्टले दिनको दुई पटक दात माझ्ने काम गरेर मुखलाई स्वास्थ्य राख्न सकिने बताए ।

Check Also

पराजित हुने डरले निर्वाचन सारेको माधव नेपालको आरोप

असार १० । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेपाली काँग्रेस र नेकपा …