Home / News / समाचार / काभ्रेमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु १५ घाइते

काभ्रेमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु १५ घाइते

चैत ५ । काभ्रेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। १५ जना भन्दा बढी यात्रु घाइते भएका छन्।

दोलखाको मेलुङबाट काठमाडौंका लागि छुटेको बा ३ ख ७९३८ नम्बरको बस काभ्रेको पाँचखाल–४ केराघारीस्थित सैत्तिस किलोमा दुर्घटना हुँदा दोलखा डाँडाखर्ककी सुष्मा विक मृत्यु भएको काभ्रे प्रहरीले जानकारी दिएको छ । बस सडकभन्दा झन्डै १० मिटर तल खसेको छ।

मृतक एकजनाको भने पहिचान खुल्न सकेको छैन। मृतक बसका सहचालक रहेको बताइएको छ। बसले बा ३९ प ८६४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि पल्टिएको थियो।

दुर्घटनामा घाइते भएकाहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Check Also

एक किलो सुनसहित तीन पक्राउ

वैशाख १६। प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा …