Home / News / अन्तर्राष्ट्रिय / म एक कमाण्डो हुँ भँदै पाकिस्तानका पूर्व राष्ट्रपति परवेश मुशर्रफले पाकिस्तान छाडे

म एक कमाण्डो हुँ भँदै पाकिस्तानका पूर्व राष्ट्रपति परवेश मुशर्रफले पाकिस्तान छाडे

VishwaNews_pervez-musharrafचैत ५ । पाकिस्तानको सुप्रिम कोर्टले विदेश यात्रामा लगाएको रोक खुला गरेपछि पाकिस्तानका पूर्व राष्ट्रपति परवेश मुशर्रफ दुबई पुगेका छन् । उनी उपचारका लागि दुवई गएका हुन् । मुशर्रफ कराँचीबाट दुबई उडेका हुन् । अदालतमा उनका वकिलले भनेका थिए कि मुशर्रफको ढाडको हड्डीको तत्काल अपरेशन गर्न जरुरी छ । र, यो काम पाकिस्तानमा सम्भव छैन ।
मुशर्रफले देश छाड्नु अघि पत्रकारहरुस्ँग कुरा गर्दै आफू फर्कने र आफूविरुद्ध चलेका सबै मुद्दाको सामना गर्ने बताएका थिए । म एक कमाण्डो हुँ र मलाई आफ्नो देशसँग प्रेम छ । म केही हप्ता वा महिनापछि र्फकन्छु, उनले देश छाड्ने बेलामा भनेका थिए । मुशर्रफमाथि लागेको राजद्रोहसहितका अभियोगमा सुनुवाई हुन बाँकी छ । यो आरोप राष्ट्रपति रहेका पाकिस्तानमा संकटकाल लगाउने र पूर्व प्रधानमन्त्री बेनजिर भुट्टाको हत्यासँग जोडिएको छ ।

Check Also

काश्मिरमा तिर्थयात्रीमाथि आक्रमण, सातको मृत्यु

असार २८ । भारतको काश्मिरी इलाकाको अनन्तनाग जिल्लामा दुई पक्षबीच गोली हानाहान भइरहेको बेला विद्रोहीको …