चैत ५ । नेपाली कांग्रेसका सबै भ्रातृ संगठनको अधिवेशन ९ महिनाभित्रै हुने भएको छ । सभापति शेरबहादुर देउवाले भ्रातृ संगठनको अधिवेशन ९ महिनाभित्रै गराइसक्ने प्रस्ताव पेश गरेका हुन् ।

पार्टी कार्यालय सानेपामा १३ औँ महाधिवेशनपछि पहिलोपटक बसिरहेको केन्द्रीय समिति बैठकमा सभापति देउवाले लामो समयदेखि अधिवेशन हुन नसकेका भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायतका संगठनको आगामी ९ महिनाभित्रै अधिवेशन गराउने प्रस्ताव पेश गरेका हुन्।

यस्तै, देउवाले संसदीय दलको नेता चयनको प्रस्ताव पनि पेश गरेका छन्। उनले संसदीय दलको निर्वाचनका लागि केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा निर्वाचन समिति गठन गर्ने प्रस्ताव पनि गरेका छन्। निर्वाचन समितिको सदस्यहरुमा केन्द्रीय सदस्यद्वय सुरेन्द्र पाण्डे र गुरुराज घिमिरे रहेका छन्।

यस्तै, देउवाले केही दिनअघि केन्द्रीय सदस्यमा मनोनित गरेका सात जना केन्द्रीय सदस्यको नाम अनुमोदनका लागि प्रस्ताव समेत पेश गरेका छन्।

Check Also

संविधान संशोधन उपयुक्त छैनः एमाले

वैशाख १७। नेकपा (एमाले) संसदीय दलको आज बसेको बैठकले संविधान संशोधन विधेयक देश र जनताका …