Home / News / समाचार / सन् २०१५ मा मात्रै २४ हजार नेपालीले अमेरिका जान भिसा पाए

सन् २०१५ मा मात्रै २४ हजार नेपालीले अमेरिका जान भिसा पाए

VishwaNews_85416चैत ५ । सन् २०१५ मा मात्रै काठमाडौंस्थित अमेरिकी दूताबासबाट अमेरिका जानका लागि २४ हजार ७ सय १० जनाले भिसा पाएका छन् ।
अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार १९ हजार ४९ जना गैरआप्रवासी र ५ हजार ६६१ ले आप्रवासी भिसा पाएका छन् । २०१४ मा १५ हजार १८० ले गैरआप्रवासी भिसा पाएका थिए । आप्रवासीतर्फ २०१४ मा ४ हजार ९९६ ले भिसा पाएका थिए ।
गैरआप्रवासी भिसा पाउनेमा ३६६ जना प्राध्यापक एवं चिकित्सक छन् भने ४ हजार ६४५ जना अध्ययनका लागि छन् । यस्तै १४ हजार ९४४ ले खेलाडी, घुम्न वा विजनेश प्रयोजनका लागि बी भिसा पाएका छन् भने ११ जना पत्रकारले पनि अमेरिकी भिसा पाएका छन् ।
अमेरिकी गैरआप्रवासी भिसा पाउनेको सख्या अघिल्लो वर्षर्का वर्षको तुलानामा झण्डै सात हजारले बढी हो ।

Check Also

1-final

न्यूयोर्कस्थित ज्याक्सन हाइट्स घृणा अपराध मुक्त क्षेत्र घोषणा

न्यूयोर्क । डिसेम्बर २, शुक्रबार साँझ न्यूयोर्कस्थित आप्रवासीको बाक्लो बस्ती ज्याक्सन हाइट्सलाई ‘घृणा अपराध मुक्त …