Home / News / समाचार / रामचन्द्र काँग्रेसको बरियातामा दोस्रो, खुमबहादुर खड्का १३ औँ नम्वरमा पुगे

रामचन्द्र काँग्रेसको बरियातामा दोस्रो, खुमबहादुर खड्का १३ औँ नम्वरमा पुगे

(From left) Nepali Congress senior leader Sher Bahadur Deuba, acting President Ram Chandra Paudel and General Secretary Krishna Prasad Sitaula at a party meeting, in Kathmandu, on Sunday, February 14, 2016. Photo: RSS

चैत ५ । नेपाली काँग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक सभापति शेरवहादुर देउवाको सभापतित्वमा शुक्रबार बसेको छ । पहिलो बैठकले पार्टीमा बरियाता सार्वजनिक गरेको छ । बैठकले देउवासँग पराजित रामचन्द्र पौडेललाई बरियताको दोस्रो नम्बरमा राखेको छ । उनलाई बरिष्ठ नेता बनाएको छ । उनी बरियातामा दोस्रो नम्वरमा परेका छन् ।
यस्तै तेस्रो नम्बरमा उपसभापतिलाई खाली राखेको छ। चौथो नम्बरमा डा शशांका कोइराला, पाँचौ नम्बरमा मनोनित महामन्त्रीका लागि खाली राखेको छ।
यस्तै छैठौमा सीतादेवी यादव, सातौँमा मनोनित कोषाध्यक्षका लागि बाँकी छ। आठौंमा प्रकाशमान सिंह, नवौमा कृष्णप्रसाद सिटौला, दशौमा गोपालमान श्रेष्ठ, ११औंमा विमनेन्द्र निधि, १२औंमा कुलबहादुर गुरूङ र तेह्रौमा खुमबहादुर खड्कालाई राखेको छ।

Check Also

kc

आइओमका नव नियुक्त डिन डा. केपी सिहले राजीनामा, केसीले अझै अनसन तोडेनन्

मंसिर १७ । विगत २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि लागि भन्दै …