Home / News / समाचार / उडान प्रमाणित नभएको जहाजबाट प्रम चीन सरर्, निगम कर्मचारीको विरोध

उडान प्रमाणित नभएको जहाजबाट प्रम चीन सरर्, निगम कर्मचारीको विरोध

himalaya_airlinesचैत ७ । निजी क्षेत्रले १० दिनअगाडि मात्रै काठमाडौं भित्राएको र उडान नै सुरु नगरेको हिमालय एअरलाइन्सको जहाजबाट प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण जाँदैछन् । नेपालको हवाई क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति प्रमाणपत्र (एओसी) जारी गर्नुभन्दा पहिले अनिवार्य गरिनुपर्ने प्रुभिङ फ्लाइट ९प्रमाणित उडान० नभएको वायुसेवाबाट प्रम ओली चीन जान लागेका हुन् ।

हिमालयले गत फागुन २६ गते काठमाडौं भित्राएको यो जहाज कुनै पनि उडान नै नगरी विमानस्थलमा थन्किरहेको छ । यो जहाजले एओसी पाउन उडान अनुमतिको रुटमा उडान परीक्षण गर्नुपर्छ । तर, यो वायुसेवाले परीक्षण उडान नै नगरी प्रधानमन्त्रीका लागि चार्टर उडान गर्ने भएको छ ।

प्रम ओली आइतबार बिहान ११ बजे एक सय ५८ सिट क्षमताको जहाजमा ८० जनासहित चीन जाँदैछन् । हिमालयले एअरबसको ए ३२०–२१४ बाट प्रम टोलीलाई चीन लैजाँदैछ । आगामी चैत ३० गतेबाट मात्रै नियमित व्यावसायिक उडान गर्ने घोषणा यो कम्पनीले गरेको छ । प्राधिकरण स्रोतका अनुसार यो जहाजले शुक्रबार बेलुका चार्टर उडानको अनुमति पाएको छ । प्रधानमन्त्रीको विशेष उडान हुने भएकोले प्राधिकरणले रातारात उडान अनुमति जारी गरेको उल्लेख छ ।

यो जहाजले भीभीआईपीलाई नै प्रुभिङ फ्लाइट गर्ने भएको छ । यसअघि भारतको दिल्लीसम्मको प्रुभिङ फ्लाइट गर्ने तयारी गरेको प्राधिकरण स्रोतको भनाइ छ । सामान्यतया कुनै पनि जहाजलाई उडान अनुमति दिनुपूर्व पहिले प्रुभिङ फ्लाइट गर्नुपर्छ । तर, हिमालयले भने शक्तिको आडमा सीधै विशेष उडान गराउने भएको स्रोतले बतायो ।

हिमालय एअरलाइन्सले विशेष उडान भएकोले यो उडानपछि व्यावसायिक उडानका लागि परीक्षण उडान तथा प्रुभिङ फ्लाइट गर्ने जानकारी दिएको छ । प्राधिकरणको हवाई उडान सुरक्षा विभागका अनुसार प्रुभिङ फ्लाइट र एओसी व्यावसायिक उडानका लागि आवश्यक पर्ने प्रशासनिक प्रक्रियामात्र हो ।

प्राधिकरणले सरकारी वायुसेवाले एअरबस जहाज ल्याउँदा एक महिना लगाएको उडान अनुमतिको प्रक्रियालाई हिमालयको हकमा भने १० दिनमा नै पूरा भयो भन्नुमा पनि शंका रहेको स्रोतको भनाइ छ । प्राधिकरणले प्रक्रिया पूरा गरेको भए हतारहतार गरेर रातारात उडान अनुमति दिनुपर्ने कुनै जरुरी नभएको स्रोतको भनाइ छ ।

यसअघि प्रधानमन्त्रीको भारत भ्रमण हुँदा निगमको जहाज आधा घन्टा उडान गर्न ढिलो भएकोमा सरकारले छानबिन समिति गठन गरेको थियो । अहिले प्रधानमन्त्री उडानमा नै नरहेको र अनुभवहीन जहाजमा जानुलाई पनि निजी क्षेत्रसँगको स्वार्थ भएको पनि प्राधिकरणका एक अधिकारीको दाबी छ ।

निगम कर्मचारीको विरोध

सरकारका कुनै पनि उच्चपदस्थ व्यक्ति तथा सरकारी कर्मचारी विदेश भ्रमणमा जाँदा सकेसम्म सरकारी वायुसेवा नै प्रयोग गर्ने नीतिलाई लत्याउँदै प्रधानमन्त्री ओली निजी क्षेत्रको जहाजमा चीन जानुलाई वायुसेवा निगमका कर्मचारीले विरोध गरेका छन् ।

निगमका तीनवटै कर्मचारी संघले संयुक्त विज्ञप्ति निकालेर प्रमको भ्रमण निजी क्षेत्रको जहाजबाट हुनुलाई उचित नभएको ठहर गरेका छन् । व्यावसायिक उडान नै नगरेको जहाजबाट चीन जानुले राष्ट्रिय ध्वजावाहक वायुसेवाको खिल्ली उडाएको बुझाइ निगम कर्मचारीको छ ।

प्राधिकरणको हवाई उडान सुरक्षा विभाग प्रमुख भेषराज सुवेदीका अनुसार हिमालयको जहाज एअर वर्दी (उडानयोग्य), प्राधिकरणमा दर्ता भएको र प्राविधिक रूपमा उपयुक्त भएकोले प्रमको विशेष उडानका लागि अनुमति दिइएको हो । अन्नपूर्णबाट

Check Also

राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गर्ने प्रचण्डको दाबी

माघ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गरिने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *