Home / News / समाचार / ८८ वर्षको दुश्मनी तोड्दै अमेरिकी राष्ट्रपति ओवामा क्युबा पुगेपछि…

८८ वर्षको दुश्मनी तोड्दै अमेरिकी राष्ट्रपति ओवामा क्युबा पुगेपछि…

चैत ८ । ८८ वर्षपछि अमेरिकी राष्ट्रपति क्युबा पुगेका छन् । अमेरिकाका राष्ट्रपति बाराक ओबामा ८८ वर्षपछि  क्युबा पुग्ने  अमेरिकी राष्ट्रपति बनेका छन् ।  प्राप्त समाचार अनुसार पछिल्लो ८८ वर्षमा अमेरिकाका कुनै पनि राष्ट्रपति क्युबाको यात्रामा निस्केका थिएनन् ।
ओबामाको भ्रमण जति  ऐतिहासिक भयो त्यति नै उनको विरोध पनि  । उनको विरोधमा हवानामा प्रदर्शन पनि भयो । को छ। पुलिसले २ सय भन्दा बढी मानवाधिकार कार्यकर्तालाई हिरासतमा लियो भने उनीहरुलाई तत्कालै छाडि पनि दियो । अप्रिय घटना हुन नदिन हवाना सहरमा हजरौंक्षाकर्मी तैनाथ गरिएको छ ।

सन् १९५९ मा क्युबा क्रान्तिपछि दुबै देशबी सबै किसिमको सम्बन्ध तोडिएको थियो । क्यूबाका राष्ट्रपति राउल क्यास्ट्र र ओबामाले डिसेम्बर २०१४ मा पुरानो शत्रुता भुल्दै फेरि सम्बन्ध स्थापित गर्ने सहमति गरेका थिए ।

अमेरिकी राष्ट्रपतिको भ्रमणका क्रममा दुबै देशबीचमा कुनै किसिमको महत्वपूर्ण सम्झौताको अपेक्षा गरिएको छैन।

तर ५७ वर्षदेखि चलिरहेको दुष्मनी समाप्त पार्न भने यो भ्रमणले महत्वपूर्ण भूमिका निभाउनेछ । तर यी दुई देशबीच केही महिनाअघि टेलिकम समझौता, हवाई सम्पर्क र पर्यावरण संरक्षणमा सहयोग जस्ता कयौं अहम समझौता भइसकेका छन् ।

ओबामाले यसअघि नै आफ्नो एजेन्डामा ग्वान्तानामोमा रहेको नौसैन्य अड्डाको मुद्दा सामेल नगरेको स्पष्ट पारिसकेका छन् ।

ओबामाले मंगलवार क्युबाको सरकारी टेलिभिजनमा सम्बोधन गर्नेछन् । अमेरिकी राष्ट्रपतिले बेसबल म्याचको आनन्द पनि उठाउने भएका छन् ।

ओबामाले क्युबा उड्नुअघि ट्वीट गर्दै  ‘क्युबा सरकारसँग अहिले पनि हाम्रा मतभेद छन्, जसलाई म स्पष्टरुपमा उठाउनेछु । अमेरिका विश्वभरमा मानवाधिकारका लागि आवाज उठाइरहनेछ ।’

उनले अर्को ट्वीटमा भनेका छन्, ुम क्युबाको यात्रामा जाँदैछु । जुन यात्रा क्युबाका मानिसको जीवन सुधारको दिशामा एक अहम प्रयास हुनेछ

Check Also

1-final

न्यूयोर्कस्थित ज्याक्सन हाइट्स घृणा अपराध मुक्त क्षेत्र घोषणा

न्यूयोर्क । डिसेम्बर २, शुक्रबार साँझ न्यूयोर्कस्थित आप्रवासीको बाक्लो बस्ती ज्याक्सन हाइट्सलाई ‘घृणा अपराध मुक्त …

Leave a Reply

Your email address will not be published. Required fields are marked *