Home / News / समाचार / बेइजिङमा चीनसँग भएका सम्झौता यस्ता छन्

बेइजिङमा चीनसँग भएका सम्झौता यस्ता छन्

चैत ८ ।  प्रधानमन्त्री केपी ओली साताव्यापी छिमेकी राष्ट चीन भ्रमणमा छन् । चीन भ्रमणमा रहेका ओली र चिनियाँ समकक्षी लि खछ्यांगबीच सोमबार द्विपक्षीय वार्ता सम्पन्न भएको छ भने वार्तापछि बेइजिङमा बिभिन्न सम्झौताहरूमा हस्ताक्षर भएको छ ।

सम्झौताहरूमा नेपाल र चीनबीच पारवाहन तथा यातायात सम्झौता, स्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुबिधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्याँस तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्ने लगायतका छन् ।

चिनियाँ संसद भवन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री नेतृत्वमा आज दुईपक्षीय औपचारिक वार्तापछि ती सम्झौता तथा समझदारीपत्रमा विभिन्न तहमा हस्ताक्षर भएका हुन्।

Check Also

kc

आइओमका नव नियुक्त डिन डा. केपी सिहले राजीनामा, केसीले अझै अनसन तोडेनन्

मंसिर १७ । विगत २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि लागि भन्दै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *