Home / News / समाचार / बेइविङमा १० सम्झौतापछि ओली सरकार एक महिनामै ढल्ने दक्षिणको कडा चेतावनी

बेइविङमा १० सम्झौतापछि ओली सरकार एक महिनामै ढल्ने दक्षिणको कडा चेतावनी

Bikash-Thakurचैत ८ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण गरेको ठिक एक महिनापछि आइतबार चीन भ्रमणमा जम्बो टोलीसहित निस्किए । त्यति मात्र होइन उनले चीन भ्रमणमा निस्केको भोलिपल्टै चीनसँग  १० वटा महत्वपूर्ण सम्झौता गरेर दक्षिणी छिमेकी भारतलाई चुनौति नै दिए ।

तर, चीनसँग सम्झौता भएको केही घण्टा पनि वित्न नपाउँदै दक्षिणतिरबाट ओली सरकारको आयु नै तोकियो । हिन्दू युवा जनशक्ति संघले कडा चेतावनीसहित ओली सरकारको आयु तोकेपछि अहिले निकै खैलाबैला भएको छ । संघका अध्यक्ष विकास ठाकुरले विज्ञप्ति जारी गर्दै चीनसँग महत्वपूर्ण सम्झौता गरेर ओली सरकारले भारतलाई चिढ्याएको दाबी गरेका छन् ।

‘मधेश आन्दोलनको कारणले बिग्रिएको नेपाल–भारत समबन्धलाई सुर्धानुको साटो केपी ओली नेतृत्वको सरकारले भारतलाई चिढाएर चीनसंग केही महत्वपूर्ण सम्झौता गरेका छन्,’ जारी विज्ञप्तिमा भनिएको छ,‘मधेशको जायज माग सम्बोधन गर्न नसक्नु, वर्षौदेखीको नेपाल–भारत समबन्ध बिग्रिएपछि सुधार्न नसक्नु र भारतको बिकल्प खोजेर आफूलाई राम्रो साबित गर्न प्रयास गर्ने ओली सरकार नपुंसक सरकार हो । नपुंसकहरुले देशलाई कहिल्यै निकाश दिन सक्दैन ।’ तसर्थ ओली सरकारको आयु अब बढीमा एक महिना मात्र हो । त्यसो त ओली चीन भ्रमणमा जानु अघि तराई–मधेसमा आन्दोलन जारी राखेका केही मधेस केन्द्रित दलले पनि महत्वपूर्ण सम्झौता नगर्न आग्रह गरेका थिए । हिन्दू युवा जनशक्ति संघको त्यो चेतावनीलाई भारतकै विरोधको सांकेतिक रुपमा हेरिएको छ ।

Check Also

मतपेटिका अज्ञात समूहले जलाएपछि रोल्पामा मदतान स्थगन

असार १४ । रोल्पाको धवाङ मतदान केन्द्रको मतपेटिका अज्ञात समूहले जलाएका छन् । रोल्पा नगरपालिका–१० …

Leave a Reply

Your email address will not be published. Required fields are marked *