Home / News / अन्तर्राष्ट्रिय / ब्रसेल्सको विमानस्थलमा दुईवटा विष्फोट, केही व्यक्ति मारिएको आशंका

ब्रसेल्सको विमानस्थलमा दुईवटा विष्फोट, केही व्यक्ति मारिएको आशंका

चैत ९ । बेल्जियमको राजधानी ब्रसेल्सस्थित जेभेन्टम विमानस्थलको  प्रस्थान टर्मिनलमा बिष्फोट भएको छ । त्यहाँ भएको दुईवटा बिष्फोट कसरी भएको भन्नेबारे अझै जानकारी नभएको त्यहाँका सञ्चार माध्ययमले जानकारी दिएका छन् । बिमानस्थलको एक टर्मिनलबाट अहिलेपनि धुँवा निस्किरहेको छ । घटनामा केही व्यक्ति मारिएको आशंका पनि गरिएको छ ।

पेरिस हमलाका मुख्य योजनाकार मानिएका सलाह अब्देशलम ब्रसेल्समा पक्राउ परेको चौंथो दिनमै विमानस्थलमा बम बिष्फोट भएको हो । अहिले बिमानस्थललाई खाली गराउने काम भइरहेको छ भने उडान तथा अवतरण बन्द गरिएको छ । त्यहाँ आवागमनमा पनि रोक लगाइएको छ । एजेन्सी

Check Also

राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गर्ने प्रचण्डको दाबी

माघ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गरिने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *