Home / News / समाचार / नेपालको कुनै पनि भू–भाग चीनकोविरुद्ध प्रयोग हुुँदैनः प्रधानमन्त्री ओली

नेपालको कुनै पनि भू–भाग चीनकोविरुद्ध प्रयोग हुुँदैनः प्रधानमन्त्री ओली

चैत ९ । मित्र राष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज सांघाई कोअपरेशन अर्गनाइजेशन, एससीओको डायलग पार्टनरमा नेपाल सदस्य भएको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
क्षेत्रीय विकासको अवधारणामा स्थापित सो संगठनको कार्यालयमा नेपाल सो संगठनको डायलग पार्टनर बन्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकर बैरागी र एससीओको तर्फबाट महासिचवले हस्ताक्षर गरे । यसअघि चीनको बेइजिङ्ग स्थित रेनमिन विश्वविद्यालयद्धारा आयोजित नेपाल चीन  थिंक टयांक डायलग अन द बेल्ट एण्ड रोड इनिसेटिभ कार्यक्रमलाई आज सम्बोधन गर्दैै प्रधानमन्त्रीले नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको बताए ।
उनले नेपालको कुनै पनि भू–भाग चीनकोविरुद्ध कुनै हालतमा प्रयोग हुन नदिने पनि बताए । प्रधानमन्त्री ओलीले नेपाल पञ्चशीलको आधारमा नेपाल चीनबीचको सम्बन्धमा गम्भीर रहेको बताए । नेपाल चीनबीचको सम्बन्ध सदियौं पुरानो, प्रगाढ र मैत्रीपूर्ण रहेको र सम्बन्धलाई अझ प्रगाढ बनाउन चीनको वान बेल्ट वान रोड नीति नेपालको विकासको लागि महत्वपुर्ण रहेको बताए ।

उनले नेपालप्रतिको चीनको सम्मानपुर्ण व्यवहार  र विकासका लागि गरेको सहयोग अविश्मरणीय रहेको पनि बताए । उनले नेपालको विकासका लागि वान बेल्ट वान रोडको नीतिले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीको आज व्यापारिक समुदायसँग अन्तरक्रिया गर्ने र साँझ बेइजिङस्थित नेपाली राजदुतावासले आयोजना चिनिया सञ्चारकर्मीहरुसँग अन्तरक्रियामा सहभागी हुनुहुने कार्यक्रम छ ।

Check Also

एक किलो सुनसहित तीन पक्राउ

वैशाख १६। प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *