Home / News / समाचार / श्रीमान छोरीहरुसँग सल्केपछि आमाले नै गरिन दुई छोरीको यसरी हत्या

श्रीमान छोरीहरुसँग सल्केपछि आमाले नै गरिन दुई छोरीको यसरी हत्या

mother-kills-daughters_landscape_1458215535-650x301चैत ९ । यो घटना भारतको हरियाणा राज्यको एक घटनाले अहिले विश्वलाई नै दुःखी बनाएकमो छ । प्राप्त समाचार अनुसार ४० वर्षीय रजनी चुट्के नामकी महिलाले आफ्नै दुई छोरीको हत्या गरेकी छिन् । रजनी एमबीए ग्रेजुएट अर्थात मास्टर पढेकी शिक्षित गृहिणी हुन् । उनले प्रहरीलाई बताए अनुसार उनले आफ्नै हातबाट ८ वर्षीय छोरी आश्विका र तीन वर्षीय छोरी अविष्काको हत्या गरेकी हुन् । समाचार अनुसार उनीले आफ्नै सन्ताको हत्या गरेकी हुन् ।  ‘हो मैले नै आफ्ना छोरीको हत्या गरेकी हुँ । म उनीहरुको हत्यारा हुँ । हो मैले नै आफ्नो मुटुको टुक्रा मारिदिए,’ ती महिलाले प्रहरी बयानमा भनेकी छिन् ।  प्रहरीले दिएको जानकारी अनुसार उनले भनेकी छिन्– छोरीलाई आफ्नो बाबुको यौन शोषणबाट बचाउन चाहन्थिन् । उनी चाहन्थिन फेरि कहिल्यै पनि उनका छोरीसँग श्रीमानले यौनशोषण गर्न नसकोस । यसकारण दुबै मारिदिइन् । रजनीले आफ्ना छोरीमाथि प्लास्टिकको टुटेको भाडाले हमला गरेर घाटी रेटी हत्या गरेको बताएकी छिन् ।
यसरी भयो घटनाः
घटना शनिबार राति ९ बजे भएको थियो । जेठ छोरी अश्विका टेलिभिजन हेरिरहेकी थिइन् । र उनकी बहिनी सुतिरहेकी थिइन् । रजनी छोरी भएको कोठा आइन् र प्लास्टिकको टुटेको भाडाले हमला गरिन् ।
घटना भएको करिब ४५ मिनेटपछि बालिकाका पिता विनय चुटके आफ्नो गिफ्ट पसल बन्द गरेर घर फर्किएका के थिए ढोका खोल्दा दुबै छोरीको शव फेला पारे । एक छोरीको शव बेडको तल थियो भने अर्कीको शव बाथरूममा भेटियो । पत्नि रजनी घरबाट गायब थिइन् ।
तत्कालै प्रहरीलाई सूचना दिइयो । खोज्दै जाँदा रजनी हुसैननगर झीलको नजिकै बेहोस अवस्थामा भेटिइन् । रजनीले प्रहरीलाई बताएअनुसार उनले आफ्ना बालिकाको हत्या यसकारण गरिन कि उनका पति छोरीलाई आफ्नो यौन सिकार बनाउन नसकुन । रजनीका अनुसार जेठी छोरीसँग श्रीमान नभएका बेला देवरले पनि सिकार बनाउथे ।
प्रहरीका अनुसार छोरीको हत्या गरेर रजनीले आत्महत्याको प्रयास गरेकी थिईन् तर, उनको प्रयास सफल हुन सकेन त्यही बेला प्रहरी आइपुग्यो ।
यता उनका पतिले यो आरोपलाई अस्वीकार गरेका छन् । प्रहरीले आरोपी महिलालाई पक्राउ गरेको छ तर, अहिलेसम्म उनका विरुद्ध प्रयाप्त प्रमाण फेला परेको छैन् । प्रहरीको अनुसन्धान जारी छ ।  (दुईछोरीसँगै रहेका रजनी र उनका श्रीमान्) तस्विर स्रोत अनलाइन

Check Also

1-final

न्यूयोर्कस्थित ज्याक्सन हाइट्स घृणा अपराध मुक्त क्षेत्र घोषणा

न्यूयोर्क । डिसेम्बर २, शुक्रबार साँझ न्यूयोर्कस्थित आप्रवासीको बाक्लो बस्ती ज्याक्सन हाइट्सलाई ‘घृणा अपराध मुक्त …

Leave a Reply

Your email address will not be published. Required fields are marked *