Home / News / समाचार / होलीमा मनपरी गर्ने १५ महिला र १५ पुरुष पक्राउ

होलीमा मनपरी गर्ने १५ महिला र १५ पुरुष पक्राउ

चैत ९ । प्रहरीले होलीका अवसरमा जथाभावी गर्नेहश्रलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मध्यान्ह १५ महिला र १५ पुरुष गरी ३० जनालाई पक्राउ गरेको छ । १ सय ५५ बढी सवारी साधनहरुलाई नियन्त्रणमा पनि लिइएको छ ।

विशेष गरी तीनजना चढेका मोटरसाइकल, साइलेन्सर नै विगारेर चर्को आवाजमा मोटरसाइकल चलाउने चालक, गाडीमा क्षमताभन्दा बढी यात्रु बोक्नेहरू तथा केहि मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेहरु कारबाहीमा परेका छन् । होलीको नाममा ट्राफिक नियम उल्लंघन गर्ने तथा जथाभावी लोला हान्नेविरुद्ध पनि  प्रहरी र ट्राफिक प्रहरीले कारबाही तीव्र बनाएको छ । काठमाडौंका ५३ स्थानमा चेक प्वाइन्ट राखेर बसेको ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले नियम उंलघन गर्ने र जबरजस्ति लोला हान्नेविरुद्ध कारबाही जारी राखेको छ ।

Check Also

संविधान संशोधन उपयुक्त छैनः एमाले

वैशाख १७। नेकपा (एमाले) संसदीय दलको आज बसेको बैठकले संविधान संशोधन विधेयक देश र जनताका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *