Home / News / समाचार / नेपाल र चीनको १५ बुँदे संयुक्त विज्ञप्ति जारी, प्रधानमन्त्री तियानमेन स्क्वायरमा

नेपाल र चीनको १५ बुँदे संयुक्त विज्ञप्ति जारी, प्रधानमन्त्री तियानमेन स्क्वायरमा

चैत १० । मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेइजिङ्गस्थित तियानमेन स्क्वायरमा राखिएको जनबादी गणतन्त्रका अध्यक्ष माओत्सेतुङ्गकोे पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गरेका छन् ।
यसअघि प्रधानमन्त्री ओलीले स्क्वायरमा रहेको चिनिया वीर शहिदहरुको स्मारक स्तम्भमा पुष्पगुच्छा चढाएका थिए । प्रधानमन्त्री ओली तियानमेन स्क्वायर पुग्ला उनको सम्मानमा राष्ट्रिय धुुन बजाइएको थियो ।  प्रसिद्ध पर्यटकीय स्थल समेत रहेको तियानमेन स्क्वायर क्षेत्रमा नेपाल र चीनका झण्डा फहराइएका छन ।
प्रधानमन्त्रीले आज बेइजिंगमा पिपल्स पोलिटिकल कन्सलटेटिभ कन्फ्रेन्सका अध्यक्ष यु चेनसेंगसँग ग्रेट हल अफ दि पिपुलमा भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री ओली बइजिङ्गको औपचारिक कार्यक्रम सकि आजै हेनान प्रान्तको सान्या शहर जाने कार्यक्रम छ ।
प्रधानमन्त्रीले भोलि हाइनानमा एसियाको नयाँ भविष्य, नयाँ आयाम र नयाँ दृष्टिकोण विषयमा बोआओ मञ्चलाई सम्बोधन गर्नेछन् ।
त्यसैगरी आजै नेपाल र चीनले १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा १५ बुँदे संयुक्त विज्ञप्ति जारी भएको हो । भ्रमणका क्रममा १० वटा सम्झौता तथा समझदारी समेत भएको थियो ।

Check Also

kc

आइओमका नव नियुक्त डिन डा. केपी सिहले राजीनामा, केसीले अझै अनसन तोडेनन्

मंसिर १७ । विगत २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि लागि भन्दै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *