Home / News / समाचार / रेल्वे सेवाको डीपीआरका लागि आर्थिक सहयोग गर्न चीन तयार

रेल्वे सेवाको डीपीआरका लागि आर्थिक सहयोग गर्न चीन तयार

चैत १० । बेइजिङमा नेपाल र चीनले बुधबार १५ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । उक्त विज्ञप्तिमा नेपाल र चीनबीच इन्धन व्यापार सम्झौतालाई विशेष महत्व दिइएको छ । सम्झौतामा चीन नेपालमा रेल्वे सेवाको सम्भाव्यता अध्ययन र डीपीआरका लागि आर्थिक–प्राविधिक सहयोग गर्न पनि तयार भएको छ । त्यसका लागि सम्वद्ध कम्पनीहरुलाई छलफल अघि बढाउन र मूल्य, कर, ढुवानी, गुणस्तर नियन्त्रण, भन्सारबारे निर्णयमा पुग्न भनिएको छ ।
नेपालमा इन्धन भण्डारण स्थल निर्माणका लागि पनि चीन तयार भएको छ । नेपालमा ग्यास तथा तेलको सम्भाव्यता अध्ययनका लागि तीनले सहयोग गर्ने औपचारिक सम्झौता गरिसकेको छ ।

चीनले नेपालमा रेल्वे सेवाको सम्भाव्यता अध्ययन र डीपीआरका लागि आर्थिक(प्राविधिक सहयोग गर्ने भएको छ । प्रस्तावित रसुवागढी–काठमाडौं र काठमाडौं–पोखरा(लुम्बिनीको रेल्वे सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवदेन (डीपीआर) का लागि चीनले आर्थिक र प्राविधिक सहयोग गर्ने संयुक्त वक्तव्यको १३ औं बुँदामा उल्लेख छ ।

Check Also

kc

आइओमका नव नियुक्त डिन डा. केपी सिहले राजीनामा, केसीले अझै अनसन तोडेनन्

मंसिर १७ । विगत २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि लागि भन्दै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *