Home / News / अमेरिकामा वकिलसँग परामर्श / अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

मैले फेमिली पेटिसनका आधाramesh shrestha pic for q and Aरमा ग्रीनकार्ड पाएको हुँ। नेपालमा पारिवारिक कामले गर्दा ६ महिनाभन्दा बढी पनि बस्नुपर्ने स्थिति छ। साथीहरुबाट सुनेअनुसार ६ महिनाभन्दा कम अवधिमै फर्कनुपर्छ भन्ने सुनें, नभए ग्रीनकार्ड खोसिन सक्छ रे। कति समयसम्म अमेरिकाबाट बाहिर बस्न सकिन्छ? यसरी बाहिर बस्दा पछि युएस सिटिजनसिपका लागि आवेदन गर्ने बेलामा अप्ठ्यारो पर्छ कि पर्दैन? खुलस्त पारिदिनुहुन्छ कि? धन्यवाद।

– निर्मल, न्यूयोर्क

 

ीबधाग िएभचmबलभलत च्भकष्मभलत ९ीएच्० ले सामानयरुपमा इमिग्रेसन ल को पालना गर्ने हो भने अमेरिका छोडेको दिनदेखि ६ महिनाभन्दा बढी अवधिसम्म बाहिर बस्न मिल्दैन अर्थात् ६ महिनाभित्रमा युएसए फर्किसक्नु पर्ने हुन्छ । मुख्यरुपमा यो ६ महिना अवधिको दायरा लागू ती एलपीआरहरुलाई हुनेछ, जसले भविष्यमा युएस सिटिजनसिपको आवेदन पेश गर्ने मनसाय वा उद्देश्य राखेका हुन्छन् । नेचुरालाइजेसनद्वारा युएस सिटिजनसिप प्राप्त गर्नका लागि अन्य रिक्वायरमेन्ट्सका साथै फिजिकल प्रिजेन्सको रिक्वायरमेन्ट पनि पूरा गर्नुपर्ने हुन्छ । युएस सिटिजनसँग विवाह गरी सिटिजनसिपका लागि निवेदन गर्नेहरुबाहेक अन्य निवेदकहरुलाई ५ वर्ष ग्रीनकार्ड प्राप्त गरेको समयभित्र अढाई वर्ष न्यूनतमरुपमा फिजिकल प्रिजेन्स देखाउनुपर्ने हुन्छ । तर, यो ५ वर्षभित्रमा कुनै पनि समयमा यदि सो निवेदकले ६ महिनाभन्दा बढी र १ वर्षभन्दा कम समय अमेरिका बाहिर रहेको अवस्था रहन आएमा अढाई वर्षका लागि प्राप्त हुने फिजिकल प्रिजेन्स स्थगित वा इन्टररुप्ट भएको मानिने छ । र, सो स्थगित भएको समयदेखि पुनः अढाई वर्ष फिजिकल प्रिजेन्स पूरा नहुञ्जेल पर्खनुपर्ने हुन्छ । त्यसैले युएस सिटिजनसिप प्राप्त गर्ने उद्देश्य राख्नेले माथि उल्लिखित भएबमोजिम ६ महिनाभन्दा बढी युएसएबाट अनुपस्थित नहुने व्यवस्था गर्नुपर्ने हुन्छ ।

१ वर्षभन्दा कम समय बाहिर बसी युएसएमा फर्किएमा नेचुरलाइजेसनका लागि फिजिकल प्रिजेन्सको शर्त पूरा गर्न सकिने छैन, तर एलपीआर स्टाटस बचाउन भने सकिनेछ । यदि १ वर्षभन्दा बढी युएसए बाहिर बसी फर्केमा एलपीआर स्टाटस त्याग्न खोजेको भन्ने चार्जमा अध्यागमनले एलपीआर स्टाटस खोस्न पनि सक्नेछ । त्यसैले १ वर्षभन्दा बढी अमेरिका बाहिर बस्नुपर्ने काम परेको खण्डमा रि–इन्ट्री पर्मिट २ वर्षका लागि भ्यालिड हुनेछ र २ वर्षभित्रमा अमेरिकामा इन्ट्री गरिसकेको हुनुपर्नेछ ।

Check Also

ramesh-shrestha-pic-for-q-and-a

अमेरिकामा कार्यरत नेपाली वकिललाई प्रश्न

मैले मेरो युएस सिटिजनसिप भर्खरै प्राप्त गरें। मेरो बाबुआमालाई ग्रीनकार्डको लागि स्पोन्सर गर्न चाहन्छु। तर, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *