Home / News / प्रवास / युनाइटेड किरात राई न्युयोर्क च्याप्टरको अध्यक्षमा केशव राई

युनाइटेड किरात राई न्युयोर्क च्याप्टरको अध्यक्षमा केशव राई

  • प्रशान एलुङ् राई

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेसनको न्युयोर्क च्याप्टरको अध्यक्षमा केशवराम राई निर्विरोध निर्वाचित भएका छन् ।

केशवराम राई

गत मार्च १२ मा सम्पन्न संस्थाको ७औं साधारणसभाबाट राईसँगै १७ सदस्यीय नयाँ कार्यसमितिको चयन भएको हो । साधारणसभाको उद्घाटन डा. चक्र राईले गरेका थिए ।

नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः बलबहादुर राई, सपना राई, दुर्गा राई, विवेक राई, मदन राई र रुद्र राई रहेका छन् । यसैगरी सदस्यहरुमा सुखराज राई (प्राविधिक संयोजक), विपन राई, मञ्जु राई, विकास राई (सांस्कृतिक संयोजक), सौरभ राई (युवा संयोजक), सजिना राई, अञ्जु राई, इन्दिरा राई, नीता राई र नरकुमार राई रहेका छन् । साधारणसभाले नविनकला राई, मदन राई र सुखराज राईलाई केन्द्रीय प्रतिनिधिका लागि चयन गरेको छ ।

कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष प्रभाकार राईले संस्था स्थापना र यसको उद्देश्य प्राप्तिबारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष केशवराम राईले किरात राईहरुको मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै न्युयोर्कमा रहेका अन्य संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष नविनकला राईले संस्थाको प्रगति विवरणसँगै भावी योजनाबारेमा मन्तव्य राखेका थिए भने निवर्तमान कोषाध्यक्ष विवेक राईले संस्थाको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

Check Also

wana-nagc-community

वाना र एनएजीसीद्वारा सामुदायिक केन्द्र भवन निर्माणकार्य शुभारम्भ

क्यालिफोर्निया । वेस्ट अमेरिका नेपलिज एसोसिएसन (वाना)ले सामुदायिक केन्द्र भवन निर्माणकार्यको शुभारम्भ गरेको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *