Home / News / प्रवास / सिर्जनशील नेपाली समाजमा पुनः भुसाल

सिर्जनशील नेपाली समाजमा पुनः भुसाल

टेक्सास । ह्युस्टन, टेक्साsirjinsil picसको सामाजिक संस्था सिर्जनशील नेपाली समाजले आफ्नो दोस्रो साधारणसभा हालै सम्पन्न गरेको छ । संस्थाका संस्थापक अध्यक्ष एवम् वरिष्ठ समाजसेवी उमापति भुसालले उद्घाटनले गरेको  कार्यक्रमको सञ्चालन संस्थापक सचिव केशव भुसाल र स्वागत संस्थापक उपाध्यक्ष विष्णु त्रिपाठीले गरेका थिए ।

कार्यक्रमको शुरुवातमा संस्थाअन्तर्गतको नेपाली पाठशालाका विद्यार्थी एवम् संस्थाका कलाकार साना नानीबाबुहरूले राष्ट्रिय गान प्रस्तुत गरेका थिए । संस्थाका संस्थापक कोषाध्यक्ष बालकृष्ण बानियाँबाट संस्थाको समग्र आयव्ययसहित भावी आर्थिक योजनासमेत प्रस्तुत गरेका थिए । लेखापरीक्षण समितिको तर्फबाट सदस्य लालप्रसाद अर्यालले संस्थाको आयव्यय निकै व्यवस्थित र पारदर्शी रहेको भन्दै छोटो समयमा संस्थाको नेतृत्वले गरेको योगदानको प्रशंसासमेत गरे । उनले संस्थाका लागि केही महत्वपूर्ण सुझावसहित आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसैगरी संस्थाका वरिष्ठ सल्लाहकार एवं संस्थाको आकस्मिक कोष समितिका संयोजक गंगादत्त शर्माले कोषको गतिविधि र भावी योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष उमापति भुसालले संस्थाको स्थापनाको ऐतिहासिक पृष्ठभूमिसहितको संस्थाको समग्र प्रतिवेदनका साथै आगामी कार्ययोजनासमेत प्रस्तुत गरेका थिए ।

अध्यक्ष भुसालले छोटो समयमा संस्थाले आफ्नो सशक्त पहिचान बनाउन सफल भएकोमा गौरव गर्दै यस अभियानमा आफ्नो नेतृत्वलाई सहयोग गर्ने कार्यसमिति, सल्लाहकार, लेखा, खेलकुद, महिला, युवा तथा बाल, आकस्मिक कोषलगायतका समिति–उपसमिति र सदस्यहरूलाई धन्यवाद दिए । साथै उनले विशेष सहयोग गर्ने सौजन्यकर्ता एवम् चन्दादाता र सहयोगी अन्य सामाजिक संघसंस्था, नेपाली राजदूतावास र सल्लाह सुझाव दिने नेपाल र संसारभर रहेका मित्रप्रति आभार प्रकट गरे ।

कार्यक्रममा संस्थाका सदस्यहरूसहित स्थानीय बुद्धिजीवी एवम् समाजसेवीहरूको भव्य र उत्साहजनक उपस्थिति रहेको थियो भने आईएनएलएस ह्युस्टन च्याप्टरका महासचिव बासु पौडेल र निर्वाचन समितिका संयोजक प्रा. आरसी काफ्ले एव् सदस्य लालप्रसाद अर्याल र मिनविक्रम शाह अतिथिको रूपमा रहेको सो अधिवेशनले पुनः उमापति भुसालको अध्यक्षतामा आगामी दुई वर्षका लागि सर्वसम्मत कार्यकारी समिति निर्वाचित गरेको छ ।

त्यसैगरी संस्थाको उपाध्यक्षमा गंगादत्त शर्मा, सचिवमा सतिश त्रिपाठी, कोषाध्यक्षमा गीता आचार्य, सहसचिवमा पंकज पौडेल र सदस्यहरूमा कृष्ण न्यौपाने, घनश्याम पाठक, अनु पाण्डेय, प्रकाश लुइँटेल, सरोज सिग्देल, लक्ष्मीप्रसाद सुवेदी, सुशीला आचार्य, पुनम भुर्तेल, लालप्रसाद अर्याल र निराजन ज्ञवाली निर्वाचित भएका छन् ।

अत्यन्तै प्रजातान्त्रिकरुपले सम्पन्न उक्त अधिवेशनले बालकृष्ण बानियाँको संयोजकत्वमा विष्णु पाठक तथा भूमिराज सापकोटा सदस्य रहेको ३ सदस्यीय आन्तरिक लेखा समितिसमेत गठन गरेको छ ।

Check Also

जनसम्पर्क समिति अमेरिकाको साधारणसभा सम्पन्न

वासिङ्टन डिसी । नेपाली जनसम्पर्क समिति अमेरिकाको पहिलो साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा विधान …

Leave a Reply

Your email address will not be published. Required fields are marked *