Home / News / प्रवास / टेक्सासमा कार दुर्घटनामा नेपाली विद्यार्थीको निधन

टेक्सासमा कार दुर्घटनामा नेपाली विद्यार्थीको निधन

rushal shresthaटेक्सास । आफैंले चलाएको कार दुर्घटना परेर एक नेपाली विद्यार्थीको टेक्सासमा निधन भएको छ । नेपाली समाज टेक्सासका सदस्य सुदिप ढुंगानाले दिएको जानकारीअनुसार उनी काठमाडौं पकनाजोलका २१ वर्षीय रुसल श्रेष्ठ उच्च शिक्षा हासिल गर्ने सिलसिलामा केही महिनाअगाडि मात्र अमेरिका आएका थिए । श्रेष्ठले सोही दिन नयाँ कार किनेका थिए । आफ्नै साथीलाई काममा पु¥याउन सहयोग गर्ने क्रममा दुर्घटना भएको बताइएको छ । उक्त दुर्घटनामा घाइते साथी सामान्य उपचारपछि घर फर्किएका छन् ।

श्रेष्ठ प्रथम सेमेस्टर मिचिगन राज्यमा अध्ययन गरी केही समयअगाडि मात्र टेक्सास आएका थिए । उनी टेक्सासको लोकल कलेजमा अध्ययनरत थिए । नेपालमा उनका बुवा, आमा र एक बहिनी छन् । मृतकका परिवारलाई जानकारी भइसकेको र पार्थिव शरीरलाई उनका आफन्तको इच्छाअनुसार नेपाल पठाइने भएको छ ।

Check Also

अमेरिकाको टेक्सासबाट परराष्ट्रमन्त्री महतको आग्रह– ‘गैरआवासीय नेपालीले अब नेपालमा लगानी भित्र्याउँ’

 माघ २ । संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *