Home / News / मनोरञ्जन / बर्तिकाको बिम्बाकाश

बर्तिकाको बिम्बाकाश

मिसbartika rai 2 नेपाल युएस २०१३ कि विजेता बर्तिका राईको एकल गीतिसंग्रह बिम्बाकाश बिमोचन भएको छ । गत साता न्युयोर्कमा आयोजित एक कार्यक्रमबीच नेपालका चर्चित रक–पप ब्याण्ड १९७४ एडीका लोकप्रिय गायक फिरोज स्याङ्देनले बिम्बाकाशको बिमोचन गरेका हुन् ।

न्युयोर्कको कुइन्सस्थित हिमालय याक रेष्टुरेन्टमा आयोजित बिमोचन कार्यक्रममा बर्तिकाले एल्बममा समावेश गीतहरु प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा उनले ‘खै, खुसी,  हवाईजहाज, नजिक, बिम्बाकाश’ बोलको गीतहरु प्रस्तुत गरिन् भने गीत लेखनको पृष्ठभूमि र संगीत संयोजनको अनुभवसमेत सुनाएकी थिइन् । उनलाई दिवस गुरुङ, आस्था कार्की, अनुराग बराल, विष्णु गुरुङ, विक्रम योङहाङ र शीर्षक खड्काले विभिन्न बाजामा साथ दिएका थिए । एल्बमका सबै गीतहरुको संयोजन भने दिवस गुरुङले गरेका हुन् ।

एल्बमका गीतहरु बर्तिका आफैंले लेखेकी हुन् भने सबै गीतमा उनैले संगीत भरेकी छन् । विभिन्न शीर्षकमा ६ वटा गीतहरु समावेश गीतिसंग्रहमा एल्बमको शीर्ष गीत बिम्बाकाशको म्युजिक भिडियोसमेत निर्माण र प्रशारण भइसकेको छ । यसअघि नै एल्बममा समावेश खै शीर्षकको गीतको भिडियो विभिन्न टेलिभिजन र अन्य मिडियाबाट प्रशारण भई लोकप्रिय भइसकेको छ । त्यसो त सोही म्युजिक भिडियो कान्तिपुर टेलिभिजनको काउण्ट डाउनअन्तर्गत नम्बर २ मा समेत परिसकेको छ । हालसम्म युटुवमा मात्रै २ लाख ४० हजारभन्दा बढीले हेरिसकेका छन् । एल्बम प्रकाशनका लागि प्रियंका भट्टराईले व्यवस्थापकको रुपमा सघाउँदै आएकी छन् ।

बर्तिका र बिम्बाकाशbartika rai 1

सात वर्षकी हुँदैदेखि बर्तिकाले गाउन थालेकी हुन् । बेलुकीको खानापश्चात् आमाजी र उनकी दिदीबहिनीबीच अन्ताक्षरी गाउने र गीतका टुक्राबाटै सवाल जबाफ गर्ने गरेको बर्तिका बताउँछिन् । आमाजीकै प्रेरणा र प्रोत्साहनले गायनमा रुची बढेको बताउँने बर्तिका अगाडि भन्छिन्– ‘सानै छँदा कुनै पनि पारिवारिक भेटघाट हुनासाथ आमाजीले नेपाली, हिन्दी र अंग्रेजी एक–एक गीत गाऊ भनेर भन्नुहुन्थ्यो ।’ त्यसो त बर्तिकाको गायनमा उनकी आमाजी सबैभन्दा खुसी र सन्तोष छिन् । उनैले एल्बमको नाम राखेकी रहेछिन्– ‘बिम्बाकाश’ ।

शुरुवाती गीत लेखनमा भने उनी आफ्नो बाबासँग प्रेरित भएको बर्तिका बताउँछिन् । उनी भन्छिन्– ‘मलाई अभैm याद छ, सानै छँदा बाबाले लेख्नुभएको वस्तुपरक कुनै एक कविताले मेरो मानसपटलमा गहिरो छाप बस्यो र त्यसपछि गीत लेखनको अभ्यास गरें ।’

बर्तिकाका प्रायः सबै गीतहरु यथार्थपरक र वास्तविक जीवनसँग मिल्दोजुल्दो छन् । कल्पनाशिलताभन्दा पनि कुनै पात्र वा घटनालाई उनले गीतहरुमा उनेकी छन् । उनका गीतहरुमा जीवन जगत, मानवीय समवेदना, आशा र सपनाहरु सञ्चारित छन् । गीतमार्पmत नै उनले आफ्नो विगत र वर्तमानलाई जोडेकी छन् ।

गायनमा औपचारिकता

बर्तिकाले पहिलो पल्ट आफू अध्ययनरत बुढानिलकण्ठ स्कुलमा सार्वजनिकरुपमा गीत गाइन् । त्यसपछि उनले विभिन्न साना–ठूला कार्यक्रमहरुमा गीत प्रस्तुत गर्दै गरिन् । गायनलाई औपचारिक रुपमा अझ परिष्कृत गराउने उद्देश्यअनुरुप उनले एसएलसीपछि वरिष्ठ प्रशिक्षक गुरुदेव कामतसँग आधुनिक गायन कलाको प्रशिक्षण लिइन् । यससँगै ‘ए’ लेवलको अध्ययनपछि उनले शास्त्रीय संगीतकी वरिष्ठ प्रशिक्षक श्रृती प्रधानसँग केही समय वेस्टर्न संगी

तको औपचारिक ज्ञान हासिल गरिन् । पछिल्लो समय अमेरिका आएपछि नेपालका चर्चित रक–पप ब्याण्ड १९७४ एडीका मुख्य गायक फिरोज स्याङ्देनसँगै विभिन्न समयमा संगीतको औपचारिक–अनौपचारिक शिक्षा लिएकी बर्तिकासँग किबोर्ड र गितारसँगै विभिन्न बाद्यवादनहरुको प्रचुर ज्ञानसमेत छ । हाल उनी अमेरिकाको जर्जियास्थित वेस्लेयन कलेजअन्तर्गत वाणिज्य संकायमा स्नातक तहको अन्तिम तयारीमा छिन् ।

प्रस्तुतिः प्रशान एलुङ् राई, तस्वीरः खुकुरी प्रोडक्सन

Check Also

pooja-sharma-hot-bikini-pose6

हट तस्वीरले चर्चामा

नायिका पूजा शर्माले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो हट तस्वीर सार्वजनिक गरेपछि उनी निकै चर्चामा छन् …

Leave a Reply

Your email address will not be published. Required fields are marked *