Home / News / समाचार / ल्हारक्याल वैरो विभागबाट पनि किन छुटे ३० लाख धरौटीमा, के–छ भित्रि रहस्य ?

ल्हारक्याल वैरो विभागबाट पनि किन छुटे ३० लाख धरौटीमा, के–छ भित्रि रहस्य ?

larkal-lamaचैत ११। १४ थान गोली सहित र्रंगेहात पक्राउ परेका एमाओवादीका निलम्बित सांसद् ल्हारक्याल लामा वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दाबाट धरौटीमा रिहा भएका छन् । लामालाई ३० लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ ।
वैदेशिक रोजगार विभागका प्रवक्ता जनक रेग्मीले लामासँग वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा बयान लिएका थिए । फागुन ३० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामाको सम्पत्ति छानबिनका क्रममा बैंकको लकर जाँच गर्दा १४ थान गोली बरामद गरेको थियो ।

पक्राउ परेका लामालाई गोली बरामद विषयमा आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले धरौटीमा छोडेलगत्रैन वैदेशिक रोजगारीसम्बन्धी ठगीको पुरानो मुद्दामा विभागको आग्रहमा प्रहरीले पुनःपक्राउ गरेको थियो ।

पीडित केशवबहादुर गुरूङले आफूलाई दुई वर्षअघि वैदेशिक रोजगारीमा पठाउने भनी रकम लिएर नपठाएको भन्दै लामाविरूद्ध विभागमा उजुरी दिएका थिए ।

धरौटीमा रिहा भए लगत्तै सञ्चाकर्मीहरुसँग कुरा गर्दै लामाले भने, ‘विभागले मेरो कुरा नसुनी बिना प्रमाण ३० लाख धरौटी मागेको छ, यसको छानविन हुनुपर्छ, म माथिल्लो निकायमा जान्छु ।’

Check Also

संविधान संशोधन उपयुक्त छैनः एमाले

वैशाख १७। नेकपा (एमाले) संसदीय दलको आज बसेको बैठकले संविधान संशोधन विधेयक देश र जनताका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *