Home / News / समाचार / एउटा रागोँको मूल्य १४ करोड, विर्य बेचेर वर्षदिनमा ५० लाख कमाई

एउटा रागोँको मूल्य १४ करोड, विर्य बेचेर वर्षदिनमा ५० लाख कमाई

Captureचैत ११ । एउटा राँगोको मूल्य कति पर्ला ? हामीले सहज अनुमान गर्न सक्छौँ । पचास हजार वा बढीमा एक वा डेढ लाखसम्म । तपाईँले यस्तो अनुमान लागाउनु भयो भने त्यो अनुमान गलत हुनेछ अब । भारतमा साढे १४ करोड मूल्य पर्ने एउटा राँगो फेला गरेको छ ।
दिल्लीको आइएसआरआरआइ पूसा क्याम्पसमा चलिरहेको किसान मेलामा ल्याइएको युवराज नामको उक्त राँगोलाई खरीदकर्ताले ९ करोड भारु मा किन्ने प्रस्ताव गरेका छन् ।
हरियाणाका किसान कर्मवीर सिंहले पालेको उक्त चर्चित राँगोको विर्य पनि निकै मूल्यवान छ । युवराज राँगोको विर्य बेचेरै कर्मवीरले वर्षदिनमा ५० लाख भारु कमाउने गरेका छन् ।
विर्यबाटै वर्षमा ५० लाख भारु कमाइदिएको उक्त राँगो कर्मवीरका लागि साँच्चीकै सुनको फुल पार्ने कुखुरीनै सावित भएको छ । त्यसैले ९ करोड भारुको अफर आउँदा पनि कर्मवीरले राँगो बेच्न इन्कार गरे ।
यो राँगोको विर्यको माग भारतको पन्जाब, हरियाणा, उत्तर प्रदेश तथा राजस्थान लगायतका विभिन्न राज्यहरुमा हुने गरेको छ । मुर्रा नश्लको यो राँगोलाई कर्मवीरले पन्जाबमा लागेको कृषिमेलाबाट खरीद गरेका थिए ।
८ वर्षको युवराजको उचाइ ५ फुट ९ इन्च छ भने यसको वजन १४ क्विन्टलरहेको छ । कर्मवीरले यो राँगोलाई दिनहुँ २० लिटर दुध तथा १९ किलो अन्न तथा खाँसपात खुवाउँछन् । साथै यो राँगोलाई उनले दिनहुँ ४ किलोमिटर हिँडाउँछन् । यो राँगोलाई पाल्नका लागि दिनमा ३ हजार भारु खर्च हुने गरेको उनी बताउँछन् ।
यो राँगोबाट दिनहुँ विर्य निकालेर उनले घरमै माइनस १९६ डिग्री सेल्सियसको तापक्रममा ५० लिटरको नाइट्रोजन कन्टेनरमा सुरक्षित स्टोर गर्दछन् र बिक्रि गर्दछन् ।
क्रिकेटर युवराज सिंहको नामबाट कर्मवीरले आफ्नो राँगोको नाम युवराज राखेको बताउँछन् । यो राँगोको पिताको नाम योगराज तथा आमाको नाम गंगा हो । युवराजले अहिलेसम्म भारतका विभिन्न ठाउँमा भएका पशु मेलामा आफ्नो दमदार उपस्थिति जनाइसकेको छ । अन्य विभिन्न २२ देशबाट आफु र आफ्नो राँगोलाई निमन्त्रणा आएको भएपनि भिमकाय राँगोलाई लिएर विदेश जान नसकेको उनी बताउँछन् ।एजेन्सी

Check Also

टर्कीमा ६.७ रेक्टरस्केलको भूकम्प, दुईको मृत्यु

साउन ६। टर्कीको इजियन तट नजिक रहेको ग्रीक द्वीपमा ६ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *