Home / News / समाचार / लाजिम्पाटमा प्रेमिकाको हत्या, नगरकोटमा शव फेला

लाजिम्पाटमा प्रेमिकाको हत्या, नगरकोटमा शव फेला

Hatya-2-650x365चैत ११ । एक युवतीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाबाट काठमाडौं आएर कपनमा बस्दै आएकी २० वर्षीय भेनिसा लिम्बुको एक महिना अघि फागुन १४ मा भक्तपुरको नगरकोटमा मृत अवस्था शव फेला परेको थियो ।
उनको हत्यामा संलग्न काठमाडौं बौद्धका शनि लामा, सजित लामा र मोरङ पथरी घर भई थलीमा बस्दै आएका राजन राईलाई पक्राउ गरी महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार सार्वजनिक गरेको हो ।
महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले राजन राई र भेनिसाबीच फेसबुकबाट चिनजान भएको सम्बन्ध निकै प्रगाढ भएपछि यस्तो घटना हुन पुगेको बताए ।
उनले भने–राजन राई र मृतक भेनिसाबीच तीन महिनाअघि मात्र फेसबुकमार्फत चिनजान भएको रहेछ । गत फागुन ८ गते दिउँसो बौद्ध गेटमा राजन राई र भेनिसाबीच भेट भएको थियो । भेट हुँदा उनको हत्यामा संलग्न अरु दुई जना पनि सँगै थिए । पछि राजनले भेनिसालाई फोनबाट बोलाएर लाजिम्पाट लगे । जहाँ उनको साथीको अपार्टमेन्ट थियो । अपार्टमेन्टमा राजन र भेनिसा पुग्दा शनि, सजित र अर्का एक जना पनि कोठामा थिए । उनीहरुले रमाइलो गर्ने नाममा मादक पदार्थ सेवन गरे । भेनिसासहित पाँच जना नै नशामा लठ्ठ थिए । त्यसपछि राजनसँग भेनिसाले सहमतिमै यौनसम्पर्क राखेकी थिईन् । त्यसपछि त्यहाँ रहेका तीन जना साथीले पनि यौनसम्पर्क गर्न खोजे । नमानेपछि हत्या गरे ।’
एसएसपी खनालका अनुसार भेनिसाले यौनसम्पर्क गर्न नमानेपछि पहिला बाथरुममा धकेलाधकेल भएको र उनी झ्यालबाट खसेकी थिईन् । ‘झ्यालबाट खसेपछि उनको त्यही मृत्यु भयो । त्यसपछि उनीहरुले गाडीमा राखेर भक्तपुरमा लगेर राति १ बजेतिर फालेका रहेछन्,’ एसएसपी खनालले भने ।

Check Also

1-final

न्यूयोर्कस्थित ज्याक्सन हाइट्स घृणा अपराध मुक्त क्षेत्र घोषणा

न्यूयोर्क । डिसेम्बर २, शुक्रबार साँझ न्यूयोर्कस्थित आप्रवासीको बाक्लो बस्ती ज्याक्सन हाइट्सलाई ‘घृणा अपराध मुक्त …

Leave a Reply

Your email address will not be published. Required fields are marked *