Home / News / समाचार / प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएका सम्झौताको मालेले यसकारण ग¥यो स्वागत

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएका सम्झौताको मालेले यसकारण ग¥यो स्वागत

China-Agreementचैत ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच भएको सम्झौता –समझदारीको नेकपा (माले) ले स्वागत गरेको छ ।
‘चीन भ्रमणका क्रममा यही चैत ८ गते दुई देशबीच सम्पन्न १० बुँदे सम्झौता र १५ बुँदे संयुक्त विज्ञप्तिमा उल्लेख भएका बुँदाले नेपालको स्वतन्त्र आर्थिक विकास र आत्मनिर्भरतामा दूरगामी महत्व राख्दछ’– सो पार्टीको राजधानीमा बसेको पोलिटब्युरो बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
चिनियाँ रेललाई काठमाडौँ–पोखरा–लुम्बिनीसम्म विस्तारबारे अध्ययन गर्ने, पेट्रोलियम र ग्यासको अनुसन्धान गर्ने, इन्धन भण्डारणस्थल निर्माण गरिने, व्यापारका लागि चाँडै सम्झौता गर्ने, भूकम्पबाट भएको क्षति व्यवस्थापन गर्न चीनले रु ५० अर्ब बराबरको सहयोग गर्ने, चिनियाँ लगानी बढाउने, जलवायु परिवर्तन र ऊर्जा, खाद्य–सुरक्षालगायतमा सहकार्य गर्न दुवै देश सहमतिमा पुग्नुलाई पार्टीले सकारात्मक रूपमा लिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
सम्झौताले विविध पक्षमा नेपाललाई विकल्प प्रदान गर्ने र नेपालको व्यापारमा विविधीकरण गर्ने ढोका खोलेको उल्लेख गर्दै मालेले समझदारी र सहमतिलाई सक्रियपूर्वक कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
यही चैत ९ गते बेल्जियमको राजधानी ब्रसेल्सका विमानस्थल र रेलस्टेसनमा आतङ्ककारी बम आक्रमणबाट ३५ जनाको मृत्यु हुनुका साथै २०० जनाभन्दा बढी घाइते भएकाप्रति सो पार्टीले दुःख व्यक्त गर्दै घटनाको निन्दा एवम् भत्र्सना गरेको छ ।

Check Also

राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गर्ने प्रचण्डको दाबी

माघ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गरिने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *